देशको आवश्यकता मेरो पुस्ताको प्रधानमन्त्री बन्नु हो : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ।
सत्ता अहिले एमालेको प्राथमिकतामा छैन : महासचिव पोखरेल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी सत्तालाई प्राथमिकता नदिएको बताउनुभएको छ ।
जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ ।
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ ग्लोबल फर सेयर डेभलपमेन्ट फोरममा सहभागी हुन चीन प्रस्थान गर्नुभएको छ ।
मोर्चाको पहिलो बैठक आज बस्दै
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज (शनिबार) बस्दैछ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपराह्न ४ बजे बस्ने बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।
शपथ खाएर गौरीगन्ज मन्दिर पुगे मुख्यमन्त्री थापा
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापा मुख्यमन्त्री नियुक्त भएकै दिन शुक्रवार बेलुका झापाको गौरीगन्जस्थित पुरानो वैजेश्वरनाथ कोटेश्वर शिवालय मन्दिर (धाम) मा पुग्नु भएको छ । पूर्वी नेपालकै सबैभन्दा पुरानो मठमन्दिरहरू मध्येमा पर्ने यो मन्दिरमा पुगेर उहाँले पूजा गर्नुभएको छ ।
माथिल्लो कर्णाली जलविद्युत् परियोजना : जिएमआरले पायो अन्तिम मौका
माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन गर्न भारतीय कम्पनी जिएमआरले अन्तिम मौका पाएको छ । वित्तीय व्यवस्थापनका लागि २०७९ असार ३१ मा नेपाल सरकार मन्त्रीपरिषद्ले गरेको म्याद थपलाई अन्तिम म्याद मान्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । उक्त अवधिमा अदालतको अन्तरिम आदेशका कारण गुमेको समय समायोजन गर्न संवैधानिक इजलासले आदेशमा उल्लेख गरेको छ ।
स्वास्थ्यमन्त्री बस्नेतद्वारा मेलम्ची बेलीब्रिजको उद्घाटन
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० र ११ जोड्ने इन्द्रावती नदीमा झण्डै दुई वर्षपछि बेलीब्रिजको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग एनआरएनए अध्यक्ष आचार्यको भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले भेटवार्ता गर्नुभएको छ।