राजनीति प्रतिगमनतर्फ उन्मुख भएकाले राष्ट्रियता खतरामा : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको दाबी गर्नुभएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने
१० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
सत्ता साझेदार दलहरूको बैठक सुरु
सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
समाजवाद उन्मुख राज्यको आधार सहकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभएको छ । उहाँले समाजवाद उन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन रहेकोले यसलाई पुँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)को भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले बुधबार आयोजना गरेको राष्ट्रिय भेलामा मन्तव्य राख्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका सो पार्टीका अध्यक्ष प्रचण्डले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनका रूपमा विकसित तुल्याउनुपर्ने बताउनुभयो ।
असल कम्युनिस्ट एमाले मात्र: उपमहासचिव गुरुङ
नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालमा नेकपा नाम जोडेका कम्युनिस्ट धेरै भए पनि असल कम्युनिस्ट नेकपा (एमाले) भएको बताउनुभयो ।
उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकियो
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। आयोगले आउँदो वैशाख १० गते तीनवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चितवन–२ र बारा–२ मा उम्मेदवारले २९ लाख रुपियाँ तथा तनहुँ–१ मा ३१ लाख रुपियाँ खर्च गर्न पाउने सीमा तोकिएको जानकारी दिनुभयो।
अधिकतम अधिकृत पन्ध्रौँ तह निर्धारण गरिने
अबदेखि निजामती कर्मचारीको विशिष्ट श्रेणीलाई अधिकतम अधिकृत १५औँ तह निर्धारण गरिने भएको छ। अहिले कायम भएको निजामती कर्मचारीको श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणालीमा लैजाने र तहगत प्रणालीमा जाँदा विशिष्ट श्रेणी सचिवको पदलाई अधिकतम अधिकृत १५औँ तह कामय गर्न लागिएको छ। सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा निजामती सेवाको विशिष्ट श्रेणीको पदलाई अधिकृत १५औँ, १४औँ र १३औँ तह मानिएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रम : अर्थतन्त्र सवलीकरणमा जोड
सरकारको साझा न्यूनतम कार्यक्रम बिहीबार सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।
रवि लामिछानेको मुद्दामा कारण देखाउ आदेश
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ।
उपसचिव र अधिकृतलाई व्यक्तिगत विवरण अध्यावधिक गर्न निर्देशन
राष्ट्रिय किताबखानाले नेपाल सरकारका उपसचिव र शाखा अधिकृत भएक सबै कर्मचारीका लागि एक महिनाभित्र आफ्नो विवरण अध्यावधिक गर्न सूचना जारी गरेको छ।
राष्ट्रपति पौडेललाई निवासमै आराम गर्न चिकित्सकको सुझाव
राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकले केही समय पूर्ण रुपमा निवासमै आराम गर्न सुझाव दिएका छन्।
‘देशलाई समृद्ध बनाउन एमाले बलियो हुन आवश्यक’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमाले बाहेक अन्य दलको नेतृत्वको सरकारले गर्न नसक्ने बताउनुभएको छ । अन्य दलमा विकासको भिजन नै नरहेको उहाँले टिप्पणी गर्नुभयो ।
कोशी प्रदेश नामकरण : पहिचानकै पक्षमा उभिने माओवादीको निर्णय
नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ।
विश्व शान्ति स्थापनामा नेपालले खेलेको भूमिकाको प्रशंसा
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्कासँग आज अमेरिकी राजदूत डीन रिचर्ड आर. थम्पसनले रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभयो ।
'देश र जनताको अवस्था बदल्ने गरी काम गर्ने तयारीमा छौं'
जटिलताका बीचमा पनि सरकारले कसरी काम गरेको छ भनेर हेर्दा जनतालाई राहत दिने गरी सकारात्मक प्रयास गरिरहेको छ। जनतामा आशा पनि जगाएको छ।
रविविरुद्धको उजुरी खारेज, उम्मेदवारी कायम रहने
निर्वाचन कार्यालय चितवन क्षेत्र –२ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन उजुरीमा दावी नपुग्ने भन्दै खारेज गरेको छ । यो निर्णयसँगै चितवन क्षेत्र २ मा लामिछानेको उम्मेदवारी कायमै रहने सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो ।
‘मेरो उम्मेदवारी खारेज गर्नुपर्ने कुनै कारण छैन’
नागरिकता प्राप्तिका विषयलाई लिएर उम्मेदवारी खारेजीको मागमा परेका चितवन क्षेत्र –२ का उम्मेदवार रवि लामिछानेले आफ्नो उम्मेदवारी खारेज गर्नुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।
एकै मितिमा स्ववियु निर्वाचन गराउन माग
तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन्।
मुख्यमन्त्री गिरीद्वारा प्राविधिक विश्वविद्यालयको जग्गा निरीक्षण
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गरिने बताउनुभएको छ ।
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ।
टिपताला नाका खुलाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
ताप्लेजुङस्थित चीनसँग सीमा जोडिएको टिपताला नाका खुलाउनमा सहजीकरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च निर्धारण
निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ।
यो गठबन्धन सरकार पाँच वर्ष चल्छ : अध्यक्ष नेपाल
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्नुभएको छ ।
सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीसहित तीन जनाविरुद्ध एक लाख ९९ हजार ८९७ हजार भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।