आश्वासनभन्दा पनि आवश्यकता हेरेर काम गर्छौँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिन सरकारसँग माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक एवम् सांसद सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।
राजनीतिक दलको लेखापरीक्षण : एक साताभित्र छानबिन प्रक्रिया टुङ्ग्याउने
महालेखा परीक्षक कार्यालयको विज्ञ टोलीले एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन छानबिन प्रक्रिया टुङ्ग्याउने गरी काम अगाडि बढाएको छ। राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच गराउँदै छ।
राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिन सांसद पन्तको आग्रह
नेकपा (एमाले) का सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
समाजवादी मोर्चासँग नतर्सिन यादवको आग्रह
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग कसैलाई नतर्सिन आग्रह गर्नुभएको छ । काठमाडौंमा आज आयोजित चार दलको समाजवादी मोर्चा घोषणा सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव छैन : कार्यवाहक सभापति खड्का
उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताउनुभएको छ ।
समाजवादी मोर्चा प्रतिगामीका लागि युद्धको घोषणा हो : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताउनुभएको छ । समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुकाबिला गर्न समाजवादी मोर्चा बनेको होइन : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरिएको बताउनुभएको छ । आज मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।