नवनिर्वाचित समिति सभापतिको शपथ
राष्ट्रिय सभा अन्तर्गत चार वटा विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।
पूर्व राष्ट्रपति यादवको प्रश्न : जनतामा जान किन अंशबण्डा
पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । बिहीवार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवम् बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्व राष्ट्रपति डा. यादवले यस्तो चिन्ता प्रकट गर्नुभएको हो ।
एमालेले बनायो प्रदेश निर्वाचन परिचालन कमिटी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशले आसन्न निर्वाचनका लागि प्रदेश निर्वाचन कमिटी गठन गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा ३१४ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो ।
कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ।
ताप्लेजुङबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस
नेकपा (एमाले) ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सविच योगेशकुमार भट्टराईसहितको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो
नेकपा (एमाले) ओखलढुङ्गाले उम्मेदवार छनौटको काम टुङ्ग्याएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि एमाले ओखलढुङ्गाबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
‘फोहोर दिएपछि नागरिकले पैसा पाउँछन्’
राजनीतिक रूपमा नयाँ सहरको माग गर्ने प्रवृत्ति बढ्दो छ। पूर्वाधार पर्याप्त नभए पनि नयाँ सहर घोषणा गरिदिने चलन देखिएको छ। उपत्यकामा फोहोरको फोहोरी राजनीति अर्को समस्या छ। ठेकेदारले समयमा निर्माण पूरा नगर्ने समस्या त नसर्ने रोगकै रूपमा बल्झिएको छ। बाहिरी चक्रपथको अन्योल कायमै छ। सहरी विकासमा समस्याका चाङ लागिरहेका बेला सहरी विकास नीतिले आशाको किरण देखाएको छ। स्पष्ट वक्ताका रूपमा परिचित सहरी विकासमन्त्री मेटमणि चौधरी सहरी विकासका क्षेत्रमा देखिएका समस्या सधैँका लागि राखिरहनुहुन्न भन्नेमा स्पष्ट हुनुहुन्छ। प्रस्तुत छ– यिनै विषयमा मन्त्री चौधरीले गोरखापत्रका पत्रकार प्रकृति अधिकारी र भउचप्रसाद यादवलाई दिएको अन्तर्वार्ताको सम्पादित अंश :
सिट बाँडफाँट सम्बन्धी प्रतिवेदन तयार
सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गरेको छ ।
पाँचथरबाट माओवादी केन्द्रले छान्यो सङ्घ र प्रदेशका उम्मेदवार
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को पाँचथर जिल्ला समितिले मंसिर २४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि जिल्लाबाट उम्मेद्वारको नाम सिफारिस गरेको छ।
मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्ने सरकारको निर्णय
नेपाल सरकारले वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ।
न्यायोचित ढङ्गले टिकट वितरण हुनुपर्छ : डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनमा न्यूनतम एकसय सिटभन्दा कम लिन नहुने बताउनुभयो । जनकपुरधामस्थित विमानस्थलमा बुधबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो ।
निर्वाचन घोषणापत्र तयारीको जिम्मा कांग्रेस महामन्त्री शर्मालाई
काठमाडौं, भदौ २२ गते । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन घोषणापत्र तयारी समितिको जिम्मेवारी दिएको छ। पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार महामन्त्री शर्मालाई निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गर्नुभएको हो। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति देउवाले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ संयोजकमा महामन्त्री शर्मालाई मनोनयन गर्नुभएको हो। कांग्रेसले मङ्सिर ४ गते हुने सङ्घीय चुनावको तयारी अनुरूप महामन्त्री शर्मालाई घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गरेको हो।
अध्यक्षको सबभन्दा कडा आलोचक मै हुँ : अर्थमन्त्री शर्मा (भिडियोसहित)
अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संगठन विधि र पद्दतिमा चल्नुपर्ने बताउनुभएको छ । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालको सबैभन्दा बढी रक्षा गर्ने र आलोचक पनि आफू भएको चर्चा गर्नुभयो ।
गुल्मीमा चिनिएका नामहरू नै सिफारिस
प्रतिनिधिसभाको निर्वाचनको लागि गुल्मीमा विभिन्न राजनीतिक पार्टीहरुले पूरानै नेताहरुलाई सिफारिस गरेका छन् । केही नयाँ सिफारिस भए पनि टिकट पाउने सम्भावना भने न्यून रहेको बताइएको छ ।
उत्तराधिकारी तयार होउन् : अध्यक्ष दाहाल (भिडियोसहित)
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा आफ्ना हजारौँ र लाखौँ उत्तराधिकारी तयार होऊन् भन्ने आफ्नो सपना रहेको बताउनुभएको छ ।
गुल्मीबाट पुरानै नेताको नाम सिफारिस
गुल्मीमा निर्वाचन लड्नका लागि पुरानै उम्मेदवारलाई राजनीतिक दलले सिफारिस गरेका छन्। मङ्सिर ४ गते सङघीय र प्रदेशका लागि हुने निर्वाचनमा राजनीतिक पार्टीले उम्मेदवारको नाम सिफारिस गरेका हुन्।
निर्वाचन प्रभावित हुनेगरी कर्मचारी सरुवा नगरौँ : प्रमुख सचेतक भट्टराई
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराइले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै प्रमुख सचेतक भट्टराईले सो आरोप लगाउनुभएको हो ।
एमालेलाई गठबन्धनका कारण चुनौती छ : सचिव भट्टराई
चन्द्र पन्दाकताप्लेजुङ, भदौ २२ गते । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा गठबन्धनका कारण एमालेलाई चुनौती रहेको बताउनुभएको छ। एमालेले धेरै स्थान (सिट) मा विजयी हासिल गर्दै बहुमत ल्याउने भए पनि गठबन्धनका कारण निर्वाचनमा चुनौती रहेको भट्टराईले बताउनुभयो।सदरमुकाम फुङ्लिङमा बुधबार प्रेस चौतारी नेपाल जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले एमालेविरुद्ध अर्थात् सत्ता स्वार्थका लागि गठबन्धन भएको आरोप लगाउँदै चुनाव लड्नका लागि भने एमालेलाई चुनौती रहेको बताउनुभयो। उहाँले गठबन्धनले गर्दा एमालेलाई चुनौती भए पनि मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो।ताप्लेजुङका प्रतिनिधिसभा सदस्य तथा पूर्व पर्यटन मन्त्रीसमेत रहनुभएका नेता भट्टराईले बहुमत ल्याउने गरी सम्पूर्ण सामर्थ्य साथ एमाले निर्वाचनमा केन्द्रित भएको पनि बताउनुभयो। उहाँले सङ्घ र सातवटै प्रदेशमा बहुमत ल्याउने गरी तयारीका साथ एमाले निर्वाचनमा केन्द्रित भएको बताउनुभयो। एकताको भावनासहित एकमत भएर एमाले निर्वाचनमा होमिएको उहाँको भनाइ छ। यता ताप्लेजुङबाट नै चुनावमा उठ्नेगरी प्रतिनिधिसभा सदस्यका लागि आफ्नो सशक्त दाबी रहेको पनि उहाँले सुनाउनुभएको। आफू ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता भएकाले उम्मेदवारका लागि अन्तिमसम्म दाबी रहने बताउनुभयो। ताप्लेजुङबाट प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको जिल्ला उपसचिव दीपेन पोमुले जानकारी दिनुभयो। पोमुका अनुसार प्रतिनिधिसभाका लागि नेता भट्टराईसहित पाँच जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ।
कर्मचारीको सहयोग विना देश अघि बढ्न सक्दैन : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । बुधबार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताउनुभएको हो ।
झापाबाट उम्मेदवार सिफारिस हुनेमा राजनीतिक दलका पदाधिकारी र पूर्व मन्त्री धेरै
पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा राजनीतिक दलहरुले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार चयन प्रक्रियालाई तिब्रता दिएका छन् । झापामा उम्मेदवार सिफारिस हुनेहरु राजनीतिक दलका पदाधिकारी तथा पूर्व मन्त्रीहरुको संख्या उल्लेख्य रहेको पाईएको छ ।
सेवा प्रवाहमा निजामतीको भूमिका महत्त्वपूर्ण : प्रम
प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ। १९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने खाँचो रहेको बताउनुभएको छ।
कार्यकालसम्बन्धी व्यवस्था हटाएर विधेयक पारित
प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकालसम्बन्धी व्यवस्था हटाउँदै प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक बहुमतले पारित गरेको छ। कार्यकालको अस्पष्टता हटाउन भन्दै सरकारले ल्याएको विधेयकमा समेटिएको उक्त प्रावधान हटाइएको हो। सरकारले विधेयकको व्यवस्था फिर्ता लिएपछि कार्यकाल अब पूर्वाभ्यासकै आधारमा तय हुने भएको छ। कानुनी रूपमा भने कार्यकालको गणना र अन्त्यको रिक्तता नै रहने छ। नेपालको संविधानले कार्यकाल पाँच वर्ष हुने उल्लेख गरे पनि सुरु अन्त्य गणनाका विषयमा कानुनी रिक्तता छ। यसअघि २०७४ मा संसद्को कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म कायम भएको थियो।
प्रतिवेदन लिपिबद्ध गर्ने चरणमा
सत्ता गठबन्धनको कार्यदलको मंगलबारको बैठकमा सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको छ ।
गठबन्धनले देशलाई विकास र समृद्धिको बाटोमा लैजान्छ : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनले नै देशमा राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा अग्रसर गराउने बताउनु भएको छ।