विवेकशील साझाको अध्यक्षमा समीक्षा बास्कोटा
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन हुनुभएको छ । पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बास्कोटालाई अध्यक्ष चयन गरेको हो ।
कार्यदलको काम चाँडो सक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको कार्यदललाई चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
प्रचण्ड र डा. भट्टराईबीच साझा चुनाव चिह्नमा सहमति
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ ।
कांग्रेसले भदौ १० देखि २४ गतेसम्म निर्वाचन लक्षित कार्यक्रम गर्ने
काठमाडौं, साउन २९ गते। सत्तारुढ दल नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म आगामी निर्वाचन लक्षित कार्यक्रम राष्ट्रव्यापी रुपमा गर्ने भएको छ। ७७ वटै जिल्लामा ७७ जना केन्द्रीय नेताको नेतृत्वमा सो कार्यक्रम गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँले मूलतः मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीका लागि कांग्रेसका केन्द्रीय सदस्य एवम् नेताले जिल्लाको सम्पूर्ण साङ्गठनिक संरचनालाई नेतृत्व गर्ने उल्लेख गर्नुभयो।उहाँले भन्नुभयो, “मूलतः निर्वाचन केन्द्रित कार्यक्रम हो। केन्द्रीय सदस्य, नेताले जिल्लाको सम्पूर्ण साङ्गठानिक संरचनालाई गतिशील, जीवन्त र चुस्तदुरुस्त राख्नको लागि संवाद एवम् निर्देशन दिनुहुन्छ।” निर्वाचन लक्षित कार्यक्रम बुँदागत रुपमा गर्ने विषयमा आवश्यक बैठक बस्ने कार्य पनि नेताहरुले गर्नुहुने उहाँको भनाइ छ। उहाँले कांग्रेसले उचित समयमा निर्वाचन आयोगमा चुनावका लागि दल दर्ता गर्ने बताउनु हुँदै गठबन्धनका अन्य दलसँग पनि समन्वय गरेर अघि बढ्ने बताउनुभयो। “सरकारमा रहेका सबै दलसँग मिलेर, समन्वय गरेर राजनीतिक स्थायित्व, विकास, शान्ति र सुव्यवस्था कायम गर्ने गरी कांग्रेस अगाडि बढ्छ”, पौडेलले भन्नुभयो। कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।
श्रीसम्पत्ति राज्यलाई समर्पित गरिसकें, उपचार गराउने पैसा छैन
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको सबै श्रीसम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले सो जानकारी गराउनुभयो । आफूजस्तै अन्य नेतालाई पनि सबै श्रीसम्पत्ति राज्यको नाममा समर्पित गर्न उहाँले सुझाव दिनुभयो ।
कर्मचारीको बढेको तलब र ग्रेड साउन १ गतेबाटै लागू गर्ने निर्णय
नेपाल सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी सरकारी सेवाका कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरी गरी लागू गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा बैठक
आइतबारको प्रतिनिधिसभा बैठक । प्रत्यक्ष प्रशारण
गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भन्नुभयो ।
सबै दलले ६० वर्ष मुनिका ७० प्रतिशत बढी उम्मेदवार उठाउनुपर्छ
नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले राजनीतिमा युवाको जबर्जस्त उपस्थिति र नेतृत्व स्थापित हुनका लागि संघ प्रदेशको निर्वाचनमा सबै दलले ६० वर्षमुनिका ७० प्रतिशत बढी उम्मेदवार खडा गर्नुपर्ने बताउनु भएको छ ।
कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने
नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ।
गठबन्धन दलले छेकेर एमाले छेकिन्न : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन दलले आगामी निर्वाचनमा एमालेलाई विजयी हुनबाट हरप्रयास गर्ने भए पनि जनताको शक्तिले एमाले बहुमतसाथ विजयी भएर आउने बताउनुभएको छ । लोकतान्त्रिक शेर्पा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले एमालेको नीति र संगठनमा आवद्ध भएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आम जनताले बुझिसक्नुभएको उहाँले बताउनुभयो । गठबन्धनले छेकेर एमाले नछेकिने उहाँको भनाइ छ ।
टिकट वितरणमा मनपरी नहोस् : नेता केसी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा न्यायोचित ढंगले टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उम्मेदवार मनोनयनको जिम्मा सभापति देउवालाई
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ ।
मौसम पूर्वानुमान तथा प्राकृतिक प्रकोपको जोखिम कम गर्न थप सहकार्य हुने
जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम) र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट (एफएमआई)बीच थप सहकार्य गरी अघि बढ्ने सहमति भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठकका लागि शनिबार बिहान ९ः३० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा समय निर्धारण गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।
राष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण
काठमाडौं, साउन २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा राष्ट्रपति भवन‚ महाराजगञ्जमा आयोजित विविध कार्यक्रममा सहभागी हुनुभएको छ। महत्वपूर्ण सांस्कृतिक पर्वको अवसरमा राष्ट्रपतिले वैदिक विधिअनुरूप पण्डित खेमचन्द्र ढकालबाट रक्षा बन्धन ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवनमा आयोजित अर्को कार्यक्रममा राष्ट्रपतिले काठमाडौंका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसादसमेत ग्रहण गर्नुभएको छ।श्रावणीकर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहे बमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको छ। यसैगरी राष्ट्रपतिले शुक्रबार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँका निर्देशक ब्रम्हकुमारी राजदीदीबाट पवित्रताको सूचक राखीसमेत ग्रहण गर्नुभयो। रक्षाबन्धन एवं जनै पूर्णिमा पर्व देशभरका धार्मिक स्थलमा विशेष पूजा आराधनासहित मनाउने परम्परा रहिआएको छ। आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रूपमा यस पर्वको सांस्कृतिक महत्त्व स्थापित छ।
सरकार सबै भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की
काठमाडौं, साउन २७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताउनुभएको छ। नेपाल कुशवाहा कल्याण समाजको ३१औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले समृद्ध नेपाल निर्माणका लागि समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “देशका विभिन्न जातजाति, भाषाभाषीको समुचित विकास भए मात्र देशको विकास हुन्छ, देशको विकासका निम्ति हिमाल, पहाड, तराईको विकास हुनुपर्छ।” सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिवद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो। उहाँले कुशवाहा समुदायले मुलुक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गर्दै संवृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुने बताउनुभयो। समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्दै आगामी निर्वाचनमा राजनीतिक दलहरुले कुशवाहा समुदायलाई टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। रासस
प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो
कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ।
कांग्रेस प्रवक्ता डा. महतद्वारा बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नम्बर १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नुभएको छ।
उद्योगमन्त्रीमा सिफारिस हुनुभएका शाहीको शपथ रोकियो
कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएका वीरबहादुर शाहीको शपथ ग्रहण रोकिएको छ ।
युवामा शैक्षिक बेरोजगारीको अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवामा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो प्रतिबद्ध व्यक्त गर्नुभएको हो ।
चीन भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी : मन्त्री खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताउनुभएको छ।
महिला संघको अध्यक्षमा उमाकुमारी मिश्र राउत नियुक्त
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उमाकुमारी मिश्र राउत नियुक्त हुनु भएको छ ।
पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं, साउन २६ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भएर पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ।पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको आज समापन समारोहमा अध्यक्ष नेपालले मानव जीवनमा ज्ञान र सिकाइको महत्त्व हुने बताउनुभयो। उहाँले प्रशिक्षार्थीलाई प्रशिक्षणमा सिकेका ज्ञान, सीप तथा सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गरी ती सैद्धान्तिक विषयवस्तुका कार्यक्रमलाई प्रदेश, जिल्ला तहसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले मुलुकको समसामयिक राजनीतिमा व्यक्तिवादी हाबी भएको बताउँदै यस्तो परिस्थितिमा निजी स्वार्थबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिनुभयो। जनताको सामाजिक रुपान्तरण तथा मुलुकको विकास समृद्धिमा कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा रहेकाले त्यस आदर्शप्रति समर्पित रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। तीन सातासम्म सञ्चालित उक्त प्रशिक्षणमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका ६५ प्रतिनिधि सहभागी थिए। रासस