चीन भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी : मन्त्री खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो तीनदिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ तुल्याउन फलदायी भएको बताउनुभएको छ।
महिला संघको अध्यक्षमा उमाकुमारी मिश्र राउत नियुक्त
नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा सिरहा निवासी उमाकुमारी मिश्र राउत नियुक्त हुनु भएको छ ।
पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं, साउन २६ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भएर पठन संस्कृतिलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ।पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको आज समापन समारोहमा अध्यक्ष नेपालले मानव जीवनमा ज्ञान र सिकाइको महत्त्व हुने बताउनुभयो। उहाँले प्रशिक्षार्थीलाई प्रशिक्षणमा सिकेका ज्ञान, सीप तथा सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गरी ती सैद्धान्तिक विषयवस्तुका कार्यक्रमलाई प्रदेश, जिल्ला तहसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले मुलुकको समसामयिक राजनीतिमा व्यक्तिवादी हाबी भएको बताउँदै यस्तो परिस्थितिमा निजी स्वार्थबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिनुभयो। जनताको सामाजिक रुपान्तरण तथा मुलुकको विकास समृद्धिमा कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा रहेकाले त्यस आदर्शप्रति समर्पित रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो। तीन सातासम्म सञ्चालित उक्त प्रशिक्षणमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका ६५ प्रतिनिधि सहभागी थिए। रासस
शैक्षिकपात्रो प्रभावित हुन नदिन प्रधानमन्त्रीको प्राध्यापकलाई आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सिर्जना गर्न प्राध्यापकलाई आग्रह गर्नुभएको छ।
कला र साहित्यको अवमूल्यन गर्नु हुँदैन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यको अवमूल्यन गर्नु नहुने बताउनुभएको छ।
एमाले अध्यक्ष ओलीको अध्यक्षतामा निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन
नेकपा (एमाले) को सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आठ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ ।
सिट बाँडफाँटको ढाँचा बनाउने सहमति
सत्ता गठबन्धन कार्यदलले मंसिर ४ गते हुने संघीय निर्वाचनमा सिट बाँडफाँट कसरी गर्ने भन्ने सम्बन्धमा ढाँचा तयार पार्ने भएको छ।
आदिवासी हक अधिकारमा राप्रपा नेपाल प्रतिबद्ध
२८ औं विश्व आदिवासी दिवसलाई नेपालमा सप्ताहव्यापी रुपमा मनाइरहेको अवस्थामा राप्रपा नेपालले आदिबासी अधिकारप्रति आफ्नो दल प्रतिवद्ध रहेको जनाएको छ । सो दलको आदिवासी जनजाति विभागले एक कार्यक्रम गरी शुभकामना आदानप्रदानसहित सो प्रतिवद्धता जनाएको हो ।
सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी
पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसका महामन्त्री एवम् कार्यदलका सदस्य गगनकुमार थापाका स्वकिय सचिव शैलेस सिटौलाले बैठक केही समय अघिदेखि जारी रहेको जानकारी दिनुभयो ।
एमाले सचिवालय बैठक जारी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा पार्टीको स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल भइरहेको बताउनुभयो ।
लोसपाद्वारा निर्वाचन आयोगमा दल दर्ता
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि लोसपाले बिहीबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो ।
सत्ता गठबन्धनको कार्यदलको बैठक दिउँसो २ बजे बस्ने
पाँच दलीय सत्ता गठबन्धनको आगामी निर्वाचनका सम्बन्धमा बनेको कार्यदलको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको छ ।
२८ करोड लागतमा निर्माण भएको होल्डिङ सेन्टर सञ्चालनमा अन्योल
कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा एक हजार शैयाको सुविधा सम्पन्न होल्डिङ सेन्टर तयार भए पनि सञ्चालनमा अन्योलता देखिएको छ ।
द्रुतमार्ग चाँडो निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता छ : प्रधानमन्त्री देउवा
रक्षामन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ तराई-मधेस द्रुतमार्ग सडक आयोजना यथाशक्य चाँडो निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ।
काँडेतार होइन, पर्खाल बनाउनुपर्छ : नेता खतिवडा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले देशको सीमानामा काँडेतार नभइ पर्खाल बन्न आवश्यक रहेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारको ध्यान गएन : अध्यक्ष ओली
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित कृषि वैज्ञानिकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले सो आरोप लगाउनुभएको हो ।
नेपालसामु सैन्य युद्धको खतरा बढेको छ : नेता गुरुङ
नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले नेपालसामु सैन्य युद्धको खतरा बढेको बताउनुभएको छ । बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल–जापानबीच सहकार्यको नयाँ शुरुवात : अध्यक्ष दाहाल
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पाँच दिने जापान भ्रमण गरी बुधबार स्वदेश फर्कनुभएको छ । भ्रमणले नेपाल र जापानबीच सहकार्यको नयाँ शुरुवात भएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाद्वारा कार्कीको निधनप्रति दु:ख व्यक्त
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका डा. बच्चुराम कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सरकारी योजनालाई दुहुनो गाई बनाइएको छ : मन्त्री चौधरी
सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी योजनालाई ठेकेदारहरुले दुहुनो गाई बनाएको बताउनुभएका छ । यसरी राज्यलाई ट्रयापमा पार्ने गिरोहलाई आफूले नछोड्ने उहाँको भनाइ छ । मन्त्री चौधरीले एक कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
प्रतिनिधि सभाको शून्य समय : नागरिकता विधेयकदेखि शिक्षाको अवस्थाबारे चर्चा
प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। .
कर्णाली प्रदेश आन्दोलनको सात वर्ष पूरा, सहिद परिवारकाे जीविकाेपार्जनमा समस्या
नवीन सुवेदीसुर्खेत, साउन २५ गते । अखण्ड मध्यपश्चिमको माग राख्दै २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा सहिद भएकाहरुको श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलन आज (साउन २५ गते) ७ वर्ष पूरा भएको छ । सो बेला सुर्खेतका तीन र जुम्लामा एक जनाको मृत्यु भएको थियोे । मध्यपश्चिम र सुदूरपश्चिमलाई गाभेर प्रदेश नम्बर ६ बनाएपछि चर्केको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो । कर्णाली प्रदेश जन्माउने चार जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको सहिद परिवारले गुनासो गरेका छन् । सहिद यामबहादुर बिसी स्मृति प्रतिष्ठानले गरेको सातौँं सहिद समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उहाँहरुले गुनासो गर्नुभएको छ । सहिद बिसीा बहिनी भगवति बिसीले अधिकार प्राप्तिको लडाईँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको बताउँदै भन्नुभयो, ‘‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्था समेत गर्न सकेको छैन ।’’ यस्तै, वीरेन्द्रनगर ४ का सहिद गौतमका छोरो अमृत गौतमले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग सरकारले नगरेको दुखेसो पोख्नुभयो । उहाँका आमा दुर्गादेवी गौतम दीर्घ रोगी हुनुहुन्छ । मुटुको भल्व परिवर्तन गरेका दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको थियो ।सहिदका सपना पूरा गर्न प्रदेश सरकार लागेको छ: मन्त्री बुढाक्षेत्रीश्रद्धाञ्जली सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न लागि परेको बताउनुभयो । संघीयता प्राप्ति पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरेको बताउनुभयो । उहाँले सहिदको सम्झनामा प्रादेशिक सहिदपार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जीविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने प्रतिबद्धता जनाउनुभयो ।
विचार मिल्नेसँग तालमेल गर्न एमाले तयार: नेम्बाङ
नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विचार मिल्नेहरुबीच आगामी निर्वाचनमा तालमेल गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । राजनीतिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विचार मिल्ने दलसँग चुनावी तालमेल (गठबन्धन) गर्न एमाले तयार रहेको उपाध्यक्ष नेम्बाङले बताउनुभएको हो ।
कर्णालीको मन्त्रिपरिषद् हेरफेर
कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैसँग राख्नु भएको छ ।