• १३ साउन २०८१, आइतबार

सत्ता गठबन्धनको कार्यदलको बैठक दिउँसो २ बजे बस्ने

blog

काठमाडौं, साउन २६ गते । पाँच दलीय सत्ता गठबन्धनको आगामी निर्वाचनका सम्बन्धमा बनेको कार्यदलको बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भइसकेको छ ।

यसअघि साउन २३ गते बसेको कार्यदलको पहिलो बैठकले नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको थियो । 

नेपाली कांग्रेसका महामन्त्री एवम् कार्यदलका संयोजक गगनकुमार थापाको सचिवालयले बालुवाटारमा आज बस्ने बैठकमा आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो ।

'निर्वाचनमा कसरी जाने भन्नेबारे आ–आफ्नो होमवर्क गर्नेबारे छलछल हुनेछ', थापाको सचिवालयले बताएको छ । 

११ सदस्यीय कार्यदलमा कांग्रेस महामन्त्री थापासहित सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र)का नेताहरू देव गुरुङ, वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)का नेताहरू वेदुराम भुषाल, प्रमेष हमाल, जनता समाजवादी पार्टीका नेताहरूबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ हुनुहुन्छ । 

यसैगरी, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा हुनुहुन्छ ।