• ८ जेठ २०८१, मङ्गलबार

प्रधानमन्त्री देउवाद्वारा कार्कीको निधनप्रति दु:ख व्यक्त

blog

काठमाडौं, साउन २५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका डा. बच्चुराम कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँ नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल का पूर्व महासचिव, नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य कमल कार्कीका बुवा पनि हुनुहुन्छ ।

कार्कीको साउन १९ गते दुबई भ्रमणका क्रममा असामयिक निधन भएको थियो । उहाँको पार्थिव शरीरलाई बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।