• १३ साउन २०८१, आइतबार

एमाले सचिवालय बैठक जारी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले दिउँसो १ बजेदेखि सुरु भएको बैठकमा पार्टीको स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल भइरहेको बताउनुभयो । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको भावी रणनीतिबारे पनि बैठकमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।