• १३ साउन २०८१, आइतबार

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, चैत २३ गते । नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरुलाई सभामुखले मनोनयन गर्नुहुने छ ।

त्यस्तै, बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षा मुद्रण सम्बन्धी विधेयक २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।