• ९ पुस २०८१, मङ्गलबार

असल कम्युनिस्ट एमाले मात्र: उपमहासचिव गुरुङ

blog

तिलागुफा नगरपालिकामा आयोजित सभामा बोल्नु उप–महासचिव पृथ्वी सुब्बा गुरुङ । तस्बिर: प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालिकोट चैत २३ गते । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालमा नेकपा नाम जोडेका कम्युनिस्ट धेरै भए पनि असल कम्युनिस्ट नेकपा (एमाले) भएको बताउनुभयो । 

उहाँले सुन पसलमा धेरै ग्रेडका सुन भए पनि नम्बरी सुनलाई चिन्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहनु भयका उपमहासचिव गुरुङले कालिकोटको तिलागुफा नगरपालिकामा मिसन ग्रासरूट अभियानका क्रममा आयोजित जनसभामा बोल्नु हुँदै उक्त कुरा बताउनु भएको हो ।  एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सह–इन्चार्ज गोरख बोगटीले मिसन ग्रासरूढ अभियानले  कर्णालीमा एमाले पार्टीलाई थप सुदृढ गरेको बताउनुभयो । 

एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेले मिसन ग्रासरूट अभियानले सबै तिरका पार्टीका सङ्गठन सुदृढ भएको  भन्दै एमाले पार्टीलाई हार्ने छुट नभएको बताउनुभयो । सबैको अपवित्र एकताले एमालेलाई प्राविधिक रूपमा केही असर गरे पनि देशै भरीको लोकप्रिय मत एमालेको पक्षमा रहेको कुरालाई कसैले लुकाउन नमिल्ने बताउनुभयो । सबै तिरको मत पहिलो छ, यसमा कुनै दुई मत छैन, त्यसैले एमाले हारेको होइन जितेको हो नेता तुम्बाहाम्फेको दाबी थियो । 

नेकपा नेकपा एमालेका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्ट,  प्रेस चौतारीका केन्द्रीय  अध्यक्ष गणेश बस्नेत , नेकपा एमाले केन्द्रीय सदस्य नगिन्द्र शाही लगायतका नेताको सहभागिता रहेको थियो ।