• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक ।

काठमाडौं, चैत २१ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक जारी रहेको छ । मङ्गलबार दिउँसो १ बजे १ मिनेटमा सुरु भएको राष्ट्रिय सभा बैठकमा विषय समय लिएर सदस्यहरुले आ–आफ्नो धारणा राखिराख्नुभएको छ ।

यसैगरी, बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुने छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महान्यायाधिवक्ता को वार्षिक प्रतिवेदन २०७८/०७९ र लोक सेवा आयोगको त्रीसठ्ठीऔं वार्षिक प्रतिवेदन २०७८/०७९ पेस गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।