• २७ वैशाख २०८२, शनिबार

राजनीतिक सिण्डीकेट तन्त्रविरुद्ध सबै एक हुनुको विकल्प छैन : नेता खरेल

blog

रास्वपा कार्यालयमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : कविन अधिकरी

काठमाडौं, चैत १८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका रमेश खरेलले राजनीतिक सिण्डीकेट तन्त्रविरुद्ध सबै एक हुनुको विकल्प नरहेको बताउनुभएको छ । शनिबार रास्वपा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

नेता खरेलले सरकारको भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको बताउनुभयो । उहाँले देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने पनि बताउनुभयो । नेता खरेलले आफूहरूमा अलमलिने छुट नरहेको जिकिर गर्नुभयो । उहाँले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘देशमा सुशासन नभएसम्म हामी अलमलिइरहन्छौँ । तर अब हामीसँग अलमलिने छुट छैन । हामी अलमलिनु हुँदैन । हामीले देशलाई एउटा गतिमा अघि बढाउनैपर्छ । देशको समृद्धिका लागि हामीले अब जाग्नुपर्छ । हामीले एक ठाउँमा उभिएर एक भएर काम गर्नुपर्छ । हामीले यो माफियातन्त्रलाई रोक्नैपर्छ । हामीले सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न सकेनौँ भने भविष्य सुनिश्चित कसैको छैन ।’’ नेता खरेलले नेपाल आमालाई जोगाउन चाहने सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।