काठमाडौं, चैत १७ गते । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्र राय यादवले पदबहाली गर्नुभएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्री यादव सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गत पुस १० गते गठन भएको मन्त्रिपरिषदमा शुक्रबार हेरफेर भएको हो ।