• २७ वैशाख २०८२, शनिबार

मन्त्रालयलाई प्रतिष्ठित बनाउँछु : नवनियुक्त मन्त्री भण्डारी

blog

मन्त्रालयमा पदबहालीपश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै नव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, चैत १७ गते । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा उहाँले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताउनुभयो । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने बताउनुभयो ।

अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने उहाँको भनाइ छ । उहाँले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताउनुभयो ।

पदबहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गर्नुभएको छ । रासस