मनोमानी बजेट विनियोजन गर्ने कार्य रोक्नुपर्छ : प्रदेश प्रमुख परियार
कर्णाली प्रदेशमा मनोमानी बजेट विनियोजन गर्ने कार्य रोक्नुपर्ने प्रदेश प्रमुख तिलक परियारले बताउनुभएको छ।
नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रसँग जोड्दै लाभ लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न द्वि राष्ट्रिय उद्योग वाणिज्य सङ्घहरूको भूमिका महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सत्ता गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्छ ।
आन्दोलनकारीबाट उर्लाबारी नगरपालिका ६ का वडाअध्यक्ष कुटिए
कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेललाई कुटपिट गरेका छन्।
मानव अधिकार हननका घटनामा कमी आएन : एम्नेष्टी इन्टरनेशनल
एम्नेष्टी इन्टरनेशनलले एसिया प्रशान्त क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र सङ्गठित हुन नपाउने अधिकार कुण्ठित गर्ने देशहरूमा नेपाल पनि रहेको बताएको छ।
मिटरब्याज पीडितसँग झलनाथ खनालको ऐक्यबद्धता
मिटरब्याजी पीडितको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ऐक्यबद्धता जनाउनुभएको छ।
मन्त्रीको नाम पेश गर्न कार्यदललाई नेकपा एसको निर्देशन
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्य दललाई निर्देशन दिएको छ ।
अन्तिम बिन्दुसम्म एमालेमै बस्ने प्रयास गर्छु : नेता रावल
सुदूरपश्चिम र कर्णालीमा कार्यकर्ता भेटघाट र भेला गरिरहनु भएका नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले एमाले नछोड्ने सङ्केत गर्नुभएको छ।
नेपाल किसान महासङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ सदस्य मनोनयन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गर्नुभएको छ ।
सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : सचेतक बर्तौला
नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभा नियमावलीमार्फत सभामुखको अधिकारलाई कुण्ठित गर्न खोजे संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताउनुभएको छ ।
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति
सरकारले मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ ।
तनहुँ–१ को उपनिर्वाचनको लागि २६ दल दर्ता
निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि आगामी वैशाख १० गते तनहुँको क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भएका छन् ।
नियमावली र विधेयक विवाद, प्रधानमन्त्री–सभामुख छलफल
प्रतिनिधि सभामा विचाराधीन दुई विधेयकको प्रक्रिया र कार्यसञ्चालन नियमावलीको विवादबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। नियमावलीको विषयमा आइतबार सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका संसदीय दलका प्रमुख सचेतक, सचेतक तथा नियमावलीमा संशोधन दर्ता गर्ने सदस्यहरूसँग छलफल गर्नुभएको थियो। भोलिपल्टै सभामुख घिमिरेले सोही विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गर्नुभएको हो।
महिला सहभागिता बढ्दै
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राजनीतिमा महिला सहभागिता र नेतृत्व सार्थक रुपमा बढ्दै गएको बताउनुभएको छ । शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प)ले सोमबार राजधानीमा आयोजना गरेको “प्रतिनिधि सभाका महिला सांसदको सामूहिक सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले महिला नेतृत्वले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि पु¥याएको योगदानको कदर हुनुपर्ने बताउनुभयो ।
सत्ता साझेदारको बैठक आज
सत्ता साझेदार राजनीतिक दलहरू मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा मङ्गलबार निर्णायक संवादमा जुट्दैछन्। सत्ता गठबन्धनका तीन दलका शीर्ष नेताको सोमबारको बैठकले मङ्गलबार सत्ता साझेदार दलहरूसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने निर्णय गरेको हो।
मर्यादाक्रम विधेयक प्रस्तुत
सरकारले मन्त्रिपरिषद्बाट निर्धारण गर्ने मर्यादाक्रमलाई कानुनी रूपमा नै सम्बोधन गर्न प्रस्ताव गरेको छ। त्यसका लागि राष्ट्रिय सभामा गैरसरकारी विधेयक प्रस्तुत भएको छ। राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ मा विगतको भन्दा व्यापक फेरबदल प्रस्ताव गरिएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रस्तुत भएको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिइएको छ। विधेयकमा वडाध्यक्ष र वडा सदस्यको मर्यादाक्रमसमेत निर्धारण गरिएको छ।
समृद्ध देश निर्माणका लागि एमालेको बहुमत आवश्यक छ : अध्यक्ष ओली
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध देश निर्माणका लागि एमाले पार्टीको बहुमत हुनुपर्ने बताउनुभएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सर्यो
मंगलबारका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको छ।
मधेस केन्द्रित साना चार दलले गरे मोर्चा गठन
मधेश केन्द्रित साना चार दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्।
३० बुँदामा भौतिक पूर्वाधार मन्त्रालयले तीन महिनामा गरेको कार्य प्रगति
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले तीन महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ।
नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रूपमा विकास गर्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताउनुभएको छ।
देश जहाँ छोयो त्यहीँ फाटेको छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश सोचे भन्दा फरक रहेको बताउनुभएको छ।
प्रदेश प्रमुख खापुङसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।