आर्थिक सङ्कट समाधानका लागि राजनीतिक सहमति कायम गरौँ : नेता कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा उत्पन्न आर्थिक सङ्कट समाधानका लागि फजुल खर्च कम गर्ने दिशातिर राजनीतिक सहमति कायम गरेर अघि बढ्न सरकार र राजनीतिक दललाई आग्रह गर्नुभएको छ।
लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ।
संसद्मा कोशी प्रदेश नामाकरण आन्दोलनबारे चासो
जनता समाजवादी पार्टी, नेपालका सांसद अशोक राईले प्रदेश १ को नाम कोशी राख्ने निर्णयको विरोधमा शान्तिपूर्ण आन्दोलन गरिरहेका पदमकुमार लिम्बुको प्रहरीको लाठी प्रहारबाट ज्यान गएकोमा आपत्ति जनाउनु भएको छ।
सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार होस : सांसद खतिवडा
प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाल कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकमा शून्य समयमा प्रतिनिधि सभाका सदस्यले धारणाराख्नेक्रम जारी छ ।
जनमत पार्टीले तोक्यो छ जिल्लामा इन्चार्ज
जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इन्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इन्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।
प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान
नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवा हुनुभएका वसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
त्रिहत्तर जनाले बुझाएनन् खर्च विवरण
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा उम्मेदवार बनेका ७३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन्। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ३६ जना उम्मेदवारले खर्च विवरण बुझाएनन्। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भन्नुभयो, “खर्च विवरण नबुझाउनेमाथि कानुनमा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ, कारबाहीसम्बन्धमा आयोगले निर्णय गर्नेछ।” निर्वाचन आयोग ऐन–२०७३ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्च नबुझाउने उम्मेदवार वा राजनीतिक दलले निर्वाचन खर्च सीमाबमोजिम जरिवाना तिर्नुपर्नेछ। तर कारबाही प्रक्रियामा जानुअघि आयोग पदाधिकारीले सोसम्बन्धमा निर्णय गर्नुपर्नेछ।
सङ्घका कर्मचारी, प्रदेशको खटनपटन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेश प्रमुख सचिव सङ्घको हुने तथा तिनको खटनपटन प्रदेश सरकारले गर्ने प्रस्ताव अगाडि सारेको छ । मन्त्रालयले यति बेला सङ्घीय निजामती सेवा ऐनको मस्यौदा अन्तिम चरणमा पु¥याएको छ । सो मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
कांग्रेसको सुझावः ‘बहुमत गुमाएपछि राजिनामा दिनू’
नेपाली कांग्रेसले नेकपा (एमाले) को नेतृत्वमा रहेको गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको छ ।
तनहुँ–१ को उपनिर्वाचनः कांग्रेस तनहुँमा १३ जनाले दिए दरखास्त
वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्।
बहुमत गुमाएपछि राजीनामा दिन सुझाव
नेपाली कांग्रेसले गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएको छ।
तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन डा. राणाको निर्देशन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी र तरुण दललाई पहिलो नम्बरको सङ्गठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिनुभएको छ।
पूर्व प्रधानमन्त्री केपी ओलीद्वारा लुम्बिनीको अवलोकन भ्रमण
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ।
कुपोषण कम गर्न सचेतनाको खाँचो छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कुपोषणको समस्या कम गर्न सचेतनाको खाँचो रहेको बताउनुभएको छ। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
सोमबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने माओवादीको निर्णय
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
कम्युनिष्ट दलहरूको समाजवादी धारा निर्माण गर्ने पक्षमा छौँ : अध्यक्ष भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिष्ट दलहरूसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताउनुभएको छ ।
सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई मुख्यमन्त्रीको आग्रह
मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको छैटौँ प्रदेश सभाको शनिबार धनगढीमा उद्घाटन गर्नु हुँदै उहाँले लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्नु भएको हो।
दलहरू शान्ति सम्झौताकै मार्गचित्रमा अघि बढ्नुपर्छ: नेता खाण
नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा देखा परेका समस्यालाई साझा निष्कर्ष निकालेरै सम्बोधन गर्ने बताउनुभएको छ।
उत्पीडितले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताउनुभएको छ।
संविधानको पालना र संरक्षण प्रमुख दायित्व : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताउनुभएको छ । नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
काँकरभिट्टा क्याम्पसमा नेविसंघ विजयी
काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ।
मुलुकमा साम्प्रदायिकताको स्थान छैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनु भएको छ।
आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन
कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ।