मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकारद्वारा पहल
मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।
एमाले बागमती प्रदेश सरकारबाट बाहिरिँदै
नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिनुभयो । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ ।
सभामुखको विशेषाधिकार कटौती प्रस्ताव
प्रतिनिधि सभाका सभामुखले प्रयोग गर्दैआएका केही नियमित र विशेषाधिकारमा कटौती गर्ने गरी प्रतिनिधि सभा नियमावली मस्यौदामा संशोधन दर्ता भएका छन्। दलीय प्रतिनिधित्वका आधारमा गठित समितिले सहमतिमा टुङ्गो लगाएका विषयमा सांसदहरूले संशोधन दर्ता गरेका हुन्। सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका दलले सभामुखको अधिकार कटौतीका पक्षमा संशोधन दर्ता गरेका हुन्।
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताउनुभएको छ।
‘व्यापारघाटा कम गर्न नसके आर्थिक समृद्धि आउँदैन’
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापारघाटा कम गर्न नसकेसम्म आर्थिक समृद्धि आउन नसक्ने बताउनुभएको छ ।
बाजुरा क्याम्पसको ताला नौ दिनपछि खोलियो
बाजुरा क्याम्पसमा नेविसंघले लगाएको ताला नौ दिनपछि खोलिएको छ। छुटेका मतदातालाई निर्वाचनमा समावेश गर्ने र फर्जी मतदाताको छानबिन गर्ने विषयलाई लिएर नेविसंघले ताला लगाएको थियो।
प्राकृतिक उपचार मानव जीवनका लागि अपरिहार्य
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले योग र प्राकृतिक उपचार मानवजीवनका लागि अपरिहार्य रहेको बताउनुभएको छ ।
पूर्वाग्रह राखेर कसैको सरुवा हुँदैन : मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पार्नुभएको छ।
गाउँपालिका अध्यक्षविरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा
रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केवशनन्द बानियाविरुद्ध ९१ लाख ८६ हजार ५४३ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
विकास लागि भौतिक पूर्वाधारमा लगानी आवश्यक छ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनुभएको छ।
एमाले अध्यक्ष ओली झापामा
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनुभएको छ । बिहीबार अपराह्न उहाँ झापाको भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र दमकमा आउनुभएको हो ।
सत्ता गठबन्धन दल : सरकारको पूर्णतामा ‘सहमति सूत्र’
राजनीतिक दलहरू सरकार गठनको तीव्र आन्तरिक गृहकार्यमा छन् । यस क्रममा बुधबार साँझ सत्ता गठबन्धनका शीर्ष नेताबीच प्रारम्भिक छलफल भएको थियो ।
को बन्दैछ प्रहरी महानिरीक्षक ?
नेपाल प्रहरीको महानिरीक्षक पदको प्रतिस्पर्धामा रहनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य ।
काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने
काठमाडौं महानगरपालिकाले चैत १५ र १६ गते न्यायिक समिति राष्ट्रिय सम्मेलन–२०७९ सञ्चालन गर्ने भएको छ।
राष्ट्रपतिको पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको छ।
सिंहदरबारस्थित पुरानो संसद् भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ।
सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ : लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दललाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ ।
राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक राजश्व कार्यालय,राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
दार्चुलाका ६ क्याम्पसमा स्ववियुको नयाँ समिति चयन
दार्चुलाका सातमध्ये ६ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन नयाँ कार्यसमिति चयन भएको छ ।
राष्ट्रपति पौडेललाई चेम्बरको बधाई
नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
समावेशी सिद्धान्तअनुसार सञ्चारनीति ल्याउन आग्रह
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउनु पर्ने बताउनुभएको छ ।
महेन्द्र बहुमुखी क्याम्पसमा नेविसङ्घको प्यानल विजयी
दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसङ्घको प्यानल विजयी भएको छ ।
गठबन्धन भत्काउन हामी लाग्दैनौँ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दशदलीय गठबन्धन भत्काउन आफूहरू नलाग्ने बताउनुभएको छ ।
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोकाे भूमिका महत्वपूर्ण छ: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेकाे बताउनुभएकाे छ ।