• १३ साउन २०८१, आइतबार

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीको राजीनामा

blog

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर,चैत्र १२ गते। लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का मन्त्रीले पदबाट राजीनामा दिनुभएको छ।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो।

लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी तीन जना मन्त्री सहभागी हुनुहुन्थ्यो। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ।

८७ सदस्यीय प्रदेश सभामा नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका चार/चार, जसपा, लोसपा र जनमत पार्टीका तीन/तीन, स्वतन्त्र २, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक /एक जना प्रदेश सभा सदस्य रहनुभएको छ। प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्दछ।