• १३ साउन २०८१, आइतबार

आन्तरिक सुशासनमा जोड

३० बुँदामा भौतिक पूर्वाधार मन्त्रालयले तीन महिनामा गरेको कार्य प्रगति

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : कविता थापा

काठमाडौं, चैत १३ गते। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले तीन महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले तीन महिनामा भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो। 

मन्त्रालयले चार वटा विषयमा केन्द्रित भएर ३० वटा काम गरेको मन्त्री श्रेष्ठको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ। मन्त्रालयले परम्परागत विरासतभन्दा माथि उठेर नयाँ ढङ्गले काम गरेको मन्त्री श्रेष्ठले बताउनुभएको छ। 

मन्त्री श्रेष्ठले आन्तरिक सुशासनमा जोड दिएर मन्त्रालयले काम गरेको उल्लेख गर्नुभएको छ। ‘‘कार्यसम्पादनलाई प्रभावकारी, पारदर्शी र जवाफदेही तुल्याउन कार्यालय समयमा अनिवार्य उपस्थिति, बिना कारण ढिलो भएमा हाजिरीमा गणना नहुने व्यवस्था, कार्यालय समयमा बाहिर जानुपर्ने भएमा त्यसको कारण र आउने समयको जानकारी गराउनैपर्ने, सवारीसाधनको दुरुपयोग हुन नदिने विषय कडाइकासाथ लागू गरिएको छ’’, मन्त्री श्रेष्ठले भन्नुभयो। 

यो अवधिमा सडक पूर्वाधारको काममा गुणात्मक गतिदिने आधार निर्माण भएको उहाँको भनाइ छ। मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘यातायात व्यवस्थामा कार्यगत, प्रणालीगत सुधार गर्ने कामको थालनी भइसकेको छ। लाइसेन्स छपाई लगायतका परम्परागत समस्या समाधान हुन केही समय अवश्य लागेको छ। त्यसको लागि स्मार्टकार्ड, मासप्रिन्टर खरिद प्रक्रिया अगाडि बढिसकेको छ।’’ 

३० बुँदामा मन्त्रालयले तीन महिनामा गरेका काम