• २७ वैशाख २०८२, शनिबार

नेता पोखरेल र राजदूत सोङ्गबीच भेटवार्ता

blog

भेटघाटका क्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग राजदूत सोङ्ग तथा अन्य पदाधिकारी । तस्बिर : नेता पोखरेलको सचिवालय

काठमाडौं, १६ चैत । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच आज बिहीबार भेटवार्ता भएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङग् पोखरेल निवास धापासी पुग्नुभएको थियो । 

पोखरेल र सोङ्गबीच दुई देशको सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको उहाँको सचिवालयले जनाएको छ । दुई देश र जनताको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङ्गले जोड दिनुभएको थियो ।