• २७ वैशाख २०८२, शनिबार

मिटरब्याज कारोबार नियन्त्रण गर्नुपर्छ : अध्यक्ष ओली

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, चैत १६ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सरकारले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरूले पनि सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । ऋण पायो भन्दैमा जहाँतहीँबाट ऋण लिन नहुने उहाँले सुझाव दिनुभयो । आम नागरिकहरू बेलैमा सचेत भई मिटरब्याज कारोबारमा फस्नु नहुनेतर्फ चनाखो हुनुपर्छ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले फागुन १ गते सुरुभएको माओवादीको तत्कालीन जनयुद्ध हिंसा भएको टिप्पणी गर्नुभयो । जनयुद्ध दिवस नभएर हिंसा दिवस भएको उहाँको भनाइ छ । सरकारले राष्ट्रिय उत्सवका रूपमा बिदा दिइएकोप्रति उहाँले आपत्ति जनाउनुभयो । 

अबदेखि वार्षिक क्यालेण्डरका रूपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रूपमा राखिए क्यालेण्डरबाट हटाइने उहाँले टिप्पणी गर्नुभयो ।