एमाले रुकुमपश्चिममा चुनावमार्फत महाधिवेशन प्रतिनिधि चयन
नेकपा (एमाले) रुकुमपश्चिमले चुनावमार्फत ११ औँ महाधिवेशन प्रतिनिधि चयन गरेको छ । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मत हुन नसकेपछि शनिबार साँझ अबेरसम्म मतदान चलेको थियो ।
चुनावबाट एमाले महाधिवेशन प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सिराहा क्षेत्र नम्बर १ मा चुनावबाट प्रतिनिधि चयन भएको छ । शनिबार साँझसम्म भएको निर्वाचन मत परिणाम आइतबार सार्वजानिक गरिएको हो ।
कैलालीबाट एमालेका २६ जना महाधिवेशन प्रतिनिधि छानिए
सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् ।
एमाले गोरखाबाट ११ औँ महाधिवेशनका लागि नौ जना प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिबेशनका लागि गोरखाबाट महाधिवेशन प्रतिनिधि नौ जना छनोट भएका छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनका लागि गोरखामा शनिबार भएको मतदानबाट प्रतिनिधि चयन गरिएको हो
भाडाकै घरमा गुल्मीका तीन स्थानीय सरकार
गुल्मीका तीन स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दैै आएका छन् । स्थानीय तहको संरचना निर्माण भएको आठ वर्ष पुग्दासमेत तीन स्थानीय सरकारले प्रशासनीक भवन समेत बनाउन सकेका छैनन् ।
एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार हो : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार भइरहेको बताउनुभएको छ ।
एमाले महाधिवेशन प्रतिनिधि छनोट : कञ्चनपुरमा कतै सर्वसम्मत, कतै निर्वाचन
नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट कतै सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ भने कही निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएका छन् ।
बिस निर्वाचन क्षेत्र : दलितको मत नै हुन्छ निर्णायक
प्रत्यक्ष (बढीमतीय) १६५ निर्वाचन क्षेत्रमध्ये करिब २० वटा निर्वाचन क्षेत्रमा दलित समुदायको जनसङ्ख्या अन्य जातजातिको भन्दा धेरै छ । जहाँ दलितको भोटले मात्रै पनि निर्वाचन जित्न सकिने सम्भावना रहेको दलित नागरिक समाजको दाबी छ ।
जेनजी आन्दोलनले ल्यायो दलीय रूपान्तरण
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दलहरू एकीकृत हुँदै रूपान्तरणको अवस्थामा पुगेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि दलले एकीकरणमार्फत बलियो हुने प्रयास गरेका हुन् ।
एमाले सल्यानबाट आठ प्रतिनिधि सर्वसम्मत चयन
सल्यानबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । खुल्ला ४ जना, महिला २ जना, युवा १ जना र दलित समुदायतर्फको प्रतिनिधि १ जना गरेर जम्मा ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएको एमाले सल्यानले जनाएको छ ।
एमाले गुल्मीबाट २० प्रतिनिधि छनौट
नेकपा (एमाले) को ११ औं महाधिवेशनका लागि २० जना प्रतिनिधि छनौट भएका छन् । खुला सदस्य नौ जनाको लागि ३४ जनाको मनोनयन दर्ता भएको थियो ।
बालुवाटारमा प्रधानमन्त्रीसँग राप्रपा नेताको छलफल
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बालुवाटर पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिमण्डलसँग छलफल गर्नुभएको हो । छलफलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ।
गृहमन्त्री अर्यालद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको समयमा क्षतिग्रस्त भएका प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुको अवलोकन गर्नुभएको छ।
एमाले महाधिवेशनः बुद्धिजीवी परिषद् र प्रेस चौतारीबाट प्रतिनिधि चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ।
एमाले महाधिवेशनः देशैभरि प्रतिनिधि छनोट सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन्। महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन्।
एमाले धनकुटामा प्रतिनिधि छनाेटमा विवाद
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटको क्रममा एमाले धनकुटामा विवाद भएको छ । प्रतिनिधिमा कुरा मिल्न नसक्दा मतपत्र च्यात्नेदेखि तालाबन्दीसम्म भएको केन्द्रिय सदस्य राजेन्द्र राईले बताउनुभयो ।
एमाले बर्दियाबाट १५ प्रतिनिधि सर्वसम्मत
नेकपा (एमाले) बर्दियाले कठामाडौँमा मङ्सिर २७ गते सुरु हुन गइरहेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।
ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गते काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
दोलखा एमाले : महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन
नेकपा एमाले दोलखाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । एमाले दोलखाले शनिबार पत्रकार सम्मेलन गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरिएको जनाएको हो ।
बागलुङबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं महाधिवेशनका लागि बागलुङले सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । बागलुङको सङ्घीय निर्वाचन क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ४ जना र दलित कलष्टरबाट १ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको हो ।
एमाले हुम्लामा दुई जना महाधिवेशन प्रतिनिधि निर्विरोध
नेकपा एमाले हुम्लामा दुई जना एघारौं महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । प्रतिनिधि छनोटका लागि शुक्रबार भएको उम्मेदवारी दर्तामा एकल मनोनयन दर्ता भएपछि दबै जना निर्विरोध चयन भएका हुन् ।
एमाले तनहुँमा आज निर्वाचन : १२ सिटका लागि ६२ उम्मेदवारको प्रतिस्पर्धा
कपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँमा प्रतिनिधि छनोट प्रक्रिया निकै प्रतिस्पर्धात्मक बनेको छ । मनोनयन दर्ता भइसके पनि एकजनाले समेत नाम फिर्ता नलिएपछि शनिबार निर्वाचन हुने भएको हो ।
एमालेमा आज देशैभरी प्रतिनिधि छनौट गरिदै
नेकपा (एमाले) ले आफ्नो एघारौं महाधिवेशनका लागि आज देशैभरी प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा सहमती जुटिसकेको एमाले पदाधिकारीहरुको भनाइ छ ।