जनता जगाएको सहादत
माघ १६ गते सहिद दिवस । पुरानो नेपाललाई नयाँ नेपालको मार्गदिशा प्रदान गर्ने चार सहिद धर्मभक्त माथेमा, शुव्रmराज शास्त्री, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठको योगदान स्मरण गर्ने दिन । सहिदहरूको सम्झनासँगै उनीहरूको अपेक्षाको कार्यान्वयन र योगदानको पुस्तान्तरण सही तरिकाले हुन नसकेकोमा नयाँ पुस्ताले मन अमिलो बनाएका छन् । पुराना पुस्ताले पुस्तान्तरणमा कञ्जुस्याइँ गर्दा नयाँ र पुराना पुस्ताबिच दुरी बढ्दै गएको वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग स्वीकार गर्नुहुन्छ ।
दलका चुनावी घोषणापत्र : आर्थिक मुद्दामा गहन गृहकार्य
प्रतिनिधि सभा निर्वाचन आउन ३४ दिन मात्रै बाँकी रहँदा राजनीतिक दलहरू घोषणापत्र लेखनमा व्यस्त छन् । केही दिनमै सार्वजनिक गर्ने तयारीमा लागेका दलहरूले आर्थिक मुद्दालाई चुनावी घोषणापत्रको केन्द्रमा राख्न गहन गृहकार्यमा छन् । विगतका कतिपय घोषणापत्रका विषय कागजमा सीमित हुँदा यो पटक घोषणापत्रका निम्ति दलहरूले निकै गहन गृहकार्य गर्न थालेको देखिएको छ ।
देशको स्वाभिमानको रक्षा अहिलेको आवश्यकता हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशविरुद्ध हुने कुनै पनि समर्पण अस्विकार्य हुने बताउनुहुँदै देशको स्वाभिमानको रक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
पपुलिजमले मुलुकलाई निकास दिंदैनः नेता ज्ञवाली
नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले निर्वाचनबाट नायकको खोजी भइरहे पनि कुनै नायक र पपुलिजमको वेभले मुलुकलाई निकास नदिने बताउनुभएको छ । लोकतन्त्रविरुद्ध भइरहेका गतिविधि पनि नियन्त्रण हुनुपर्ने उहाँले बताउनुभयो ।
गगन थापा नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधिः उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताउनुभएको छ।
धनुषा क्षेत्र नं. ३ मा मतदाता रिझाउँदै उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका विभिन्न दलका उम्मेदवार घरदैलो अभियानमार्फत मतदाता रिझाउन लागिपरेका छन् ।
कांग्रेसको गाउँफर्क अभियान
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले सञ्चालन गर्ने गतिविधि र मुख्य प्रमुख प्राथमिकता सार्वजनिक गरेको छ । पुसमा सम्पन्न विशेष महाधिवेशनबाट
सुनसरी–२ मा पुराना नेता बाहिरिँदा नयाँ अनुहारबीच प्रतिस्पर्धा
प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा यसपटक पुराना नेताहरू चुनावी मैदानमा नउत्रिँदा विभिन्न दलका नयाँ अनुहारबिच प्रतिस्पर्धा हुने देखिएको छ ।
विशेषको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा
भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
बढी जनसङ्ख्याको कमजोर प्रतिनिधित्व
नेपालको जनसङ्ख्यामा महिलाको जनसङ्ख्या दशकौँदेखि पुरुष जनसङ्ख्यामाथि हाबी रहँदै आएको छ । पछिल्लो जनगणना अनुसार नेपालमा महिलाको जनसङ्ख्या ५१.२ प्रतिशत कायम छ । यो दर मतदाता नामावलीमा जाँदा भने परिवर्तित भएर पुरुष मतदाता बढेको छ । कुल मतदातामध्ये महिला मतदाता ९२ लाख ४० हजार १३४ जना रहेकामा पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८ छन् । बाँकी दुई सय जना अन्य मतदाता रहेका छन् । यसरी हेर्दा महिलाको तुलनामा चार लाखभन्दा बढी पुरुष मतदाता छन् । यो दर उम्मेदवारको हकमा पनि हाबी छ ।
जनताको हितमा सधैं समर्पित रहने छु : पूर्वमन्त्री चौधरी
नेकपा (एमाले) बाट प्रतिनिधिसभा निर्वाचनमा सुनसरी –३ का उम्मेदवार तथा पूर्वमन्त्री भगवती चौधरीले जनताको हितका लागि अझ जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीद्वारा निर्वाचन अधिकृतको कार्यालय निरीक्षण
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयको बुधबार निरीक्षण गर्नुभएको छ ।
ओलीले भन्नुभयो, ‘गोली चलाउने आदेश दिएको होइन’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते भएको दुःखद् घटनामा प्रधानमन्त्रीका हैसियतमा आफूले गोली चलाउने आदेश नदिएको स्पष्ट पार्नुभएको छ । उहाँले संविधानले कुनै पनि प्रधानमन्त्रीलाई नागरिकमाथि गोली चलाउन आदेश दिने अधिकार नदिएको उल्लेख गर्दै आफूले त्यस्तो आदेश कहिल्यै नदिएको प्रष्ट पार्नुभएको हो ।
कांग्रेसकाे चुनाव लक्षित १८–३० विशेष अभियान: युवादेखि आप्रवासीसम्मलाई समेट्दै
नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई लक्षित गरी आफ्नो चुनावी अभियानलाई व्यवस्थित बनाउन मातहतका सबै निकायलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो।
‘व्यावहारिक’ साझेदारी जोगाउन स्टार्मर चीन भ्रमणमा
बेलायती प्रधानमन्त्री किर स्टार्मरले बुधबार चीनको तीन दिने औपचारिक भ्रमण सुरु गर्नु भएको छ ।
चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार
एक–अर्को दलका उम्मेदवारबीच आरोप–प्रत्यारोपसहित ‘बोलचाल बन्द’ को स्थितिबाट निर्वाचनमा होमिने गरेका राजनीतिक दल र उम्मेदवारमा यस पटक भने हार्दिकता देखिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा
बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा महोत्तरीका मतदान केन्द्रको अनुगमन
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी लिन महोत्तरीको सिमावर्ती क्षेत्रको अनुगमन गर्नुभएको छ ।
किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत
उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजना सार्वजनिक गरिने बताउनु भएको छ ।
निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन तनहुँका दलहरू प्रतिबद्ध
तनहुँका राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको अक्षरसः पालना गर्दै स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्न साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
राजेन्द्रकुमार राईको प्रतिबद्धता पत्रमा गाँजा समेटियो
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले जिल्लाको समग्र विकासका लागि विस्तृत प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ।
नेकपामै आउन विप्लवलाई प्रचण्डको आग्रह
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गर्नुभएको छ।
आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ ।