शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला, फागुन २१ गते । एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१, कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भएपछि मतदान कार्य सुरु भएको हो।
एक घण्टाका लागि स्थगित भएको मतदान कार्य पुनः सुरु भएको सो मतदान केन्द्रका अधिकृत सुमनप्रतापजङ्ग शाहले बताउनुभयो। दुई पक्षबिच सामान्य विषयलाई लिएर विवाद हुँदा ढुङ्गा हानाहान भएका कारण मतदान कार्य स्थगित भएको उहाँले बताउनुभयो। पछि मतदान स्थलमै सर्वदलीय बैठक बसेर विवाद मिलाइएपछि मतदान कार्य सुचारु भएको उहाँले जानकारी दिनुभयो।
यसअघि ३६० मत खसेको थियो। सो मतदान केन्द्रमा ६७१ मतदाता रहेका छन्। अब बाँकी मतदाताले मतदान गर्न सुरु गरेका छन्। जिल्लाका अन्य मतदान केन्द्रमा भने मतदान कार्य भइरहेको छ।