सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसार बिहीबार नियमित कार्यसूची अनुसार बैठक बसेको हो ।
भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताउनुभएको छ। प्रेस चौतारी, नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सम्पादकसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो।
रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी एवं तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ।
'पठन संस्कृतिको विकासका लागि किताब जात्रा'
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
कांग्रेस लमजुङबाट प्रत्यक्षतर्फ १० जना आकाङ्क्षी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस लमजुङबाट १० जना आकाङ्क्षी देखिएका छन् ।
जेनजीको प्रश्न : महिलाको सक्षमतामा सवाल किन ?
नवपुस्ता (जेनजी) अभियन्ताले महिलाको सक्षमतामाथि सवाल उठ्नेगरेको बताएका छन् । त्यसो त, बद्लिदो परिस्थितिसँगै हिंसाको स्वरुप पनि बदलिँदै गएको उनीहरुको भनाइ छ । एकातर्फ, शारिरीक एवम् प्रत्यक्षरुपमा हुने हिंसा र अर्कोतर्फ अनलाइन वा डिजिटलमार्फत हिंसा बढ्दो अवस्थामा रहेको उहाँहरुको बुझाइ छ ।
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटायो
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ ।
सर्लाहीको क्षेत्र नं. १ र २ बाट कांग्रेसका उम्मेदवार सिफारिस
सर्लाहीमा नेपाली कांग्रेसले क्षेत्र नं. १ र २ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
नेपाली कांग्रेस स्याङ्जाबाट ३३ जनाको नाम सिफारिस
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाले ३३ जना आकाङ्क्षीको नाम सिफारिस गरेको छ ।
सरकार र जेनजी प्रतिनिधिबिच १० बुँदे सहमति
नेपाल सरकार र जेनजी प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ ।
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताउनुभएको छ ।
बर्दिया घटना : आमा अन्जु थारूको मृत्यु दर्ता
नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरु गरेको छ ।
सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छः सचिव अर्याल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताउनुभएको छ।
बाँकेमा पूर्वमन्त्री हमाल र सहमहामन्त्री राठौरसहित १६ जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि बाँकेमा नेपाली कांग्रेसका क्षेत्रीय समितिले पूर्वमन्त्री गजेन्द्रबहादुर हमाल र कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरसहित १६ जनाको नाम सिफारिस गरेको छ। जिल्लामा प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र छन्।
उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सव–इन्जिनियरविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप
बराहक्षेत्र नगरपालिका, चक्रघट्टी सुनसरीका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।
उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ।
डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै जुटौँ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्युनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनुभएको छ।
एमाले केन्द्रीय नेतृत्वमा लमजुङबाट १४ आकांक्षी
नेकपा (एमाले) को मङ्सिर २७ गतेबाट सुरु हुने ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि लमजुङबाट दर्जन बढी नेताहरु आकांक्षी देखिनुभएको छ ।
यथास्थितिबाट माथि उठेर नयाँ चुनौतीको सामना गर्नसक्ने नेतृत्व आवश्यक छः सचिव विष्ट
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव गोकर्णराज विष्टले पार्टीको आसन्न ११औँ महाधिवेशनले राष्ट्रिय राजनीतिमा देखिएका मुद्धालाई सम्बोधन गर्नेगरी नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार नै रहेकाे बाउनुभएकाे छ । बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
बागलुङ–२ मा कांग्रेसबाट प्रत्यक्षमा १० जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचनका लागि उम्मेदवार चयन गर्दै कांग्रेस
नेपाली कांग्रेस दैलेखले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गर्न थालेको छ ।
प्रतिनिधिसभा निर्वाचन : धमाधम उम्मेदवारको नाम सिफारिस गर्दै मोरङ कांग्रेस
नेपाली कांग्रेस मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।