बागलुङ–२ मा रास्वपाका सोम शर्मा फराकिलो मतान्तरले अगाडि
हालसम्म भएको मतगणनाको विवरण अनुसार घन्टी चुनाव चिन्हबाट उम्मेदवारी दिएका शर्मा ४ हजार ४० मतसहित पहिलो स्थानमा हुनहुन्छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ३ हजार १७ मत प्राप्त गर्नुभएको छ ।
सिन्धुली-१ मा एमाले, २ मा रास्वपाको अग्रता
सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दुईवटै निर्वाचन क्षेत्रको प्रारम्भिक मत गणनामा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेद्वारले एक/एक स्थानमा अग्रता लिएका छन् ।
काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।
लमजुङमा एमालेका पृथ्वी सुब्बा गुरुङको अग्रता
लमजुङमा नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले अग्रता लिनुभएको छ ।
काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल विजयी
काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी हुनुभएको छ ।
नवलपुर–२ मा एमालेको अग्रता
नवलपुरका दुबै निर्वाचन क्षेत्रमा सुरुवाती अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नम्बर-२ मा पछि परेको छ । रास्वपाका मनिष खनाललाई नेकपा एमालेका तिलक महतले पछि पार्नु भएको हो ।
रुकुमपूर्वमा भारी मतले प्रचण्डको जित सुनिश्चित
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतले जित सुनिश्चित देखिएको छ ।
झापामा शीर्ष नेताको विरासत भत्कने संकेत, ५ वटै क्षेत्रमा रास्वपाको प्रारम्भिक अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचन हाल झापाका ५ वटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । राजनीतिक दलका प्रतिनिधिहरु फेरिरहने र आउनजान ढिला गर्ने गरेकाले गणना प्रभावित हुने गरेको बताईएको छ ।
कपिलवस्तु–३ मा नेपाली कांग्रेसका शाहको अग्रता
कपिलवस्तु प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाहले अग्रता लिनुभएको छ ।
धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता
धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा श्रम संस्कृति पार्टीले अग्रता बनाएको छ ।
झापा–५ : नौ हजार मतगणना हुँदा ५ हजार बढी मतले बालेन अगाडि
नौ हजार ४१२ मत गणना हुँदा बालेनले ६ हजार पाँच सय ५१ मत पाउनुभएको छ । बालेनलाई पछ्याउनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १४ सय २८ मत पाउनुभएको छ । बालेन र ओलीबिचको मतान्तर पाँच हजार १२३ रहेको छ ।
बाँके-२ मा एमालेका इस्तियाक राई अग्रता बढाउँदै
प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार बाँके जिल्लाको क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार मोहम्मद इस्तियाक राईले अग्रता बढाउँदै लैजानुभएको छ ।
पाल्पा–२ मा कांग्रेसका श्रेष्ठको अग्रता
पाल्पा–२ मा नेपाली कांग्रेसका उम्मेदवार हिमालदत्त श्रेष्ठले अग्रता लिनुभएको छ । उहाँले ६९६ मतसहित अग्रता लिनुभएको हो । उहाँलाई रास्वपाका उम्मेदवार माधवबहादुर थापाले पछ्याउनुभएको छ ।
काभ्रेपलान्चोक-२ मा रास्वपाका उम्मेदवार अग्रस्थानमा
काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रता लिएको छ । शुक्रबार बिहानबाट सुरु भएको मतगणनामा रास्वपाका उम्मेदवार अन्य उम्मेदवार भन्दा अग्रस्थानमा रहनु भएको हो ।
बाँके १ र ३ मा रास्वपाका चौधरी र सुनारको फराकिलो अग्रता
प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले फराकिलो अग्रता कायम राखेका छन् ।
काठमाडौं–१ मा ११ दिनकी सुत्केरीकाे विजय यात्रा
नेपाली राजनीतिमा मातृत्व र सार्वजनिक जीवनलाई एकसाथ अघि बढाउने उदाहरण निकै कम देखिन्छ।
पर्साका चारै क्षेत्रमा रास्वपा अगाडि
पर्सामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चारवटै क्षेत्रमा अग्रता लिएका छन् ।
सर्लाही-१ मा रास्वपाकी भण्डारीको फराकिलो अग्रता
सर्लाहीको क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नितिमा भण्डारी कार्कीले अग्रता बढाउँदै लैजानुभएको छ ।
ताप्लेजुङमा नेकपाका परागको सुरुवाती अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचन ताप्लेजुङमा नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री (पराग)ले सुरुवाती अग्रता लिनु भएको छ ।
काठमाडौँ–४ मा रास्वपाका बम अगाडि
काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम नौ हजार ८२१ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
निर्वाचनको पछिल्लो मतगणनाः ७० स्थानमा रास्वपा अगाडि
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।
अछाम–१ मा भीम रावलको प्रारम्भिक अग्रता
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिनुभएको छ ।
भक्तपुर–२ मा रास्वपाको अग्रता कायमै
प्रतिनिधि सभा सदस्य निर्वाचनको बिहीबार सम्पन्न मतदानपछि मत परिणाम आउने क्रममा भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्रीले अग्रता कायमै राख्नुभएको छ ।
रुकुम पश्चिममा प्रलोपाका जनार्दनको सुरुवाती अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम अनुसार रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले सुरुवाती अग्रता लिनुभएको छ ।