गोरखापत्र डिस्कोर्स– उद्घाटन समारोह– प्रत्यक्ष प्रशारण
गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख अतिथ्यतामा डिस्कोर्स कार्यक्रम उद्घाटन भएको हो ।
एमाले महाधिवेशनः २२२७ मत खस्यो
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ ।
मधेश प्रदेशका उपसचिव र शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा
मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिदको कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारका ९ मन्त्रालयसहित १८ वटा कार्यालयमा गरेको छडके अनुगमनमा दुई उपसचिव, ४१ शाखा अधिकृतसहित ७२ कर्मचारी कारबाहीमा परेका छन् ।
निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक
निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ ।
नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरण : सिआइबीको अनुसन्धान पूरा
काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा अनियमितता गरेकोबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
समावेशी समूहको प्रतिशत पुनरवलोकनको प्रस्ताव
राष्ट्रिय तथ्याङ्क कार्यालयले समावेशी समूहको प्रतिशत निर्धारणमा पुनरवलोकन गर्न सरकारसमक्ष सिफारिस गरेको छ । सरकारले बुधबार नै सो प्रस्ताव मन्त्रीपरिषद्मा दर्ता गराएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि सरकारले जनगणना २०७८ को प्रतिवेदनबमोजिम जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्वसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने भएपछि तथ्याङ्क कार्यालयले प्रतिशत पुनरवलोकन गरेको हो ।
कांग्रेसका पदाधिकारी साबिककै क्षेत्रबाट सिफारिस
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका पदाधिकारी र प्रभावशाली नेता साबिककै निर्वाचन क्षेत्रबाट सिफारिस हुनुभएको छ । कांग्रेसका क्षेत्रीय र जिल्ला कार्यसमितिबाट पार्टी पदाधिकारीलाई प्राथमिकतामा राखेर नयाँ पुस्तालाई पनि समेटेर उम्मेदवार सिफारिस गरिएको हो ।
डा. रुइतलाई आँखा देखाउन पाए हुन्थ्यो
टाउकोमा गोलीको छर्रा, शरीरको अर्को भाग प्यारालाइसिस अनि दायाँ आँखा पूर्ण बन्द र बाँया आँखाको ६६ प्रतिशत मात्र भिजनको भरमा अस्पताल धाइरहनुभएका जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेत समुन्नत नेपाल हेर्ने प्रतीक्षामा हुनुहुन्छ ।
एमाले महाधिबेशन: ११ बजेसम्म एक हजार ५९५ मत खस्यो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा राति ११ः३० बजेसम्म एक हजार ५९५ मत खसेको छ । महाधिवेशनस्थल भृकुटीमण्डपमा भएको मतदान भएको एमाले केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो ।
एमाले महाधिवेशन : रातभर मतदान हुने
नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौँ बुधबार मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय बिहीबार बिहान ७ बजेसम्म थप गरिएको जानकारी एमालेको निर्वाचन आयोगले दिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा
बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
राष्ट्रिय सभा निर्वाचनः सात प्रदेशमा मतदान केन्द्र तोकियो
राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।
फेवाताल अतिक्रमण चाँडै हटाउँछौँः मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश राजधानी पोखराको विकासमा सरकारले विषेश ध्यान दिएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले बिदाइ भेट गर्नुभएको छ।
एमाले महाधिवेशनः ५ बजेसम्म ८०२ ले गरे मतदान
नेकपा (एमाले) को ११ औँ महाधिवेशनको आज पाँचौ दिनमा मतदान जारी छ । नेतृत्व चयनका लागि जारी मतदानको समय साँझ ८ बजेसम्म थप गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की
संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
जसपा बाँके क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री राईको नाम सिफारिस
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा) बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको एकल नाम सिफारिस गरेको छ।
नेपाली कांग्रेस इलामद्वारा प्रत्यक्ष निर्वाचनका लागि ११ जना सिफारिस
नेपाली कांग्रेस इलामले आउँदो प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्लाबाट नाम टुङ्ग्याएको छ । कांग्रेसले दुई निर्वाचन क्षेत्रका लागि ११ जनाको नाम सिफारिस गरेको हो ।
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ ।
उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र
कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएका छन् ।
मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिनु हुँदै
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ ।
गुल्मी-१ मा कांग्रेसबाट १३ जना आकाङ्क्षी
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी १ मा नेपाली कांग्रेसबाट १३ जना उम्मेदवारका आकांक्षी देखिएका छन्।
प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग
बागमती प्रदेश सभाका विपक्षी दलहरूले बागमती प्रदेश सभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचन : कांग्रेस हुम्लाद्वारा प्रत्यक्षमा तीन नाम सिफारिस
नेपाली कांग्रेस हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सर्वसम्म निर्णय गरेर नाम सिफारिस गरेको छ । जिल्लामा बसेको जिल्ला संसदीय समितिको बोर्ड बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो ।