राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको हो ।
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच भेट, शोकमा समवेदना प्रकट
प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
रास्वपा समानुपातिकबाट ४८ महिला र नौ पुरुष सांसद बन्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट समानुपातिक सांसद बन्ने नामको टुङ्गो लागेको छ।
छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज आयोगमा बुझाउने
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड पार गरेका छ राजनीतिक दलले आइतबार कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् ।
बर्दियामा २९ जना उम्मेद्वारको जमानत जफत
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत जफत भएको छ ।
माओवादी नेता कोइरालाद्वारा राजीनामा
नेकपा (माओवादी) का धनकुटा इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ ।
जनताका मुद्दा संसद्मा उठाउने सांसद भुसालको प्रतिबद्धता
पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको समस्या र आवाज संसद्मा बुलन्द रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्नेत भएको छ ।
रास्वपा, कांग्रेस र नेकपाको बैठक आज
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दै छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि सचिवालय बैठक बस्ने भएको हो । उहाँले बैठकले समानुपातिकतर्फ सूची तय गरेपछि निर्वाचन आयोगमा बुझाउने जानकारी दिनुभयो । सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आइतबार सारिएको हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ ।
अमेरिकाले इरानको खार्ग टापु कब्जा गर्दै
अमेरिकाले इरानको जीवनरेखाका रूपमा रहेको खार्ग टापु कब्जा गर्ने तयारी गरेको छ । इरानले पर्सियाको खाडीस्थित हर्मुज जलमार्गमा इन्धन आवागमनमा अवरोध खडा गरेपछि अमेरिकाले खार्ग टापु कब्जा गर्ने निष्कर्षमा पुगेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको हो ।
दोस्रो सातामा नयाँ सरकार
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउँदै छन् । निर्वाचन आयोगको पत्राचार अनुसार छ वटा राजनीतिक दलका तर्फबाट निर्वाचित हुने सदस्यको नामावली आइतबारसम्म पठाउनुपर्ने छ । कार्यतालिकाबमोजिम काम सम्पन्न भएमा चैत ५ गतेसम्म प्रतिनिधि सभामा २७५ सदस्यै निर्वाचित हुने छन् । प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतले यसअघिको परिणाम बदरको कुनै आदेश नगरेमा निर्वाचन परिणामले पूर्णता पाउने छ । आयोगको तयारी अनुसार चैत ५ गते नै अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइने छ ।
घट्यो बदर मत प्रतिशत
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा बदर मतदानको प्रतिशत अघिल्ला निर्वाचनका तुलनामा घटेको छ । निर्वाचन आयोगका अनुसार यस पटकको निर्वाचनमा ४.७ प्रतिशत मत बदर भएको छ । जसमध्ये प्रत्यक्षतर्फ ५.४५ र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको छ । बदर मतको प्रतिशत निर्धारण गर्दा दुवैतर्फको बदर मतलाई औसत मान्ने गरिएको छ । यस पटकको निर्वाचनको मतदान फागुन २१ गते भएको थियो ।
मतदाता भेट्न गुर्जा पुग्नुभयो महावीर पुन
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएपछि डा. महावीर पुन शनिबार धवलागिरि गाउँपालिका–१ को दुर्गम गाउँ गुर्जा पुग्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।
एमालेले टुंगो लगायो समानुपातिकतर्फका १६ सांसद
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रका नेपालीको सुरक्षा र हित सरकारको प्राथमिकता छ : परराष्ट्रमन्त्री
अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एसिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर एवं सजग रहेको बताउनुभएको छ।
पितृशोकमा रहनुभएका ओलीको उपस्थितिमा एमाले सचिवालय बैठक
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ ।
सङ्घीयता कार्यान्वयन भए मधेशका नागरिक अधिकारका लागि काठमाडौँ धाउनुपर्दैन थियो : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सङ्घीय व्यवस्थाअनुसार प्रदेश सरकारलाई दिइएका अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन भए प्रदेशले आफ्नै स्तरबाट धेरै समस्याको समाधान गर्न सक्ने बताउनुभएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ।
रास्वपाको सचिवालय बैठक भोलि बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।
अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बनाउन आह्वान गर्नुभएको छ ।
एमालेद्वारा निर्वाचन समीक्षा, समानुपातिक सांसद टुङ्गो लगाइने
हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
सुशासनका लागि निर्मम हुनु पर्छ
यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाइनजिक जनमत जितेसँगै रास्वपाको नेतृत्वमा शक्तिशाली सरकार निर्माण गर्ने तयारी भइरहेको छ । अब बन्ने सरकारप्रति सुशासन कायम गरी सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने माग सर्वत्र छ । गत भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलन आधारभूत माग नै सुशासन भएको र सोही आन्दोलको जगमा निर्वाचन सम्पन्न भई नयाँ सरकार निर्माण हुन लागेकाले जेनजीको मागबमोजिम सुशासन स्थापित गर्नुको विकल्प छैन । सुशासनविद्ले भने रास्वपाको नेतृत्वमा अब बन्ने नयाँ सरकारले सुशासन कायम गर्न कुनै कसर बाँकी नराखी निर्मम रूपमा प्रस्तुत हुन सुझाव दिएका छन् ।
रास्वपा संसदीय दलको विधान संशोधन तयारी
प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्न पार्टीको विधानलाई संशोधन गर्ने तयारी गरेको छ । रास्वपाको विधानको धारा ६६ को ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ ।