विकृति र विसङ्गतिबाट मुक्त हुन सरकारलाई सांसद पुनको आग्रह
सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
खेतीको समयमा मलको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मलको अभाव नहुने सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ ।
सिनेचौर विमानस्थल तत्काल सञ्चालन गर्न सांसद बुढाको माग
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद धनबहादुर बुढाले डोल्पास्थित मसिनेचौर विमानस्थल तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ ।
प्रधानमन्त्री शाह र विदेशी राजदूतबिच छलफल
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूतसँग सामूहिक छलफल गर्नुभएको छ ।
कूटनीतिक आचारसंहिता पालना गर्न मन्त्रीलाई परराष्ट्र सचिवको ब्रिफिङ
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीलाई ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा विस्तृत जानकारी गराएको छ ।
मुक्त कमैया र कमलरीको पुनर्स्थापना गर्न सांसद जोशीको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगतप्रसाद जोशीले कैलाली र कञ्चनपुरमा बसोवास गर्ने मुक्त कमैया र कमलरीको पुनर्स्थापना गर्न माग गर्नुभएको छ ।
सञ्चारमन्त्री र विश्व बैँकका निर्देशकबिच भेटवार्ता: सूचना प्रविधि क्षेत्रमा सहकार्यको जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैँकका उच्चस्तरीय प्रतिनिधिबिच बुधबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
पर्यटन क्षेत्रको बिकास गर्नुपर्छ : मन्त्री पराजुली
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले पर्यटकीय क्षेत्रको बिकासमा काम गर्ने बताउनुभएको छ । बुधबारदेखि धनकुटाको भेडेटारमा पर्यटन कार्यालय धरानको सहकार्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेश बिराटनगरको आयोजनामा पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित बहुउद्देश्यीय भवन सिंहदरबारमा सुरु भएको छ । सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा यो बैठक सुरु भएको हो ।
राष्ट्रिय सभाका चार समितिका सभापतिको शपथ
राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयमा आज आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उहाँहरूलाई शपथ गराउनुभएको हो ।
संविधान संशोधन कार्यदलको बैठक सिंहदरबारमा बस्दै
संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको पहिलो बैठक बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ।
प्रधानमन्त्रीसँग राजदूतहरूको सामूहिक भेट हुँदै
काठमाडौँ, चैत २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित विभिन्न मुलुकका राजदूतहरूले सामूहिक रूपमा भेट गर्दै हुनुहुन्छ । भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो हुनेछ ।परराष्ट्रमन्त्री शिशिर खनालसहितको उपस्थितिमा हुने सामूहिक भेटमा प्रधानमन्त्रीले राजदूतहरूलाई सङ्क्षिप्त रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसैबीच, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अशिम शाहले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “प्रधानमन्त्री वालेन शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्नेछ । मर्यादित कूटनीति, बलियो नेपाल !” रासस
आज पनि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनअन्तर्गत आठौं बैठक बुधबार बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसदका दुवै सदनको बैठक बुधबार बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ ।
अझै चुनेन कांग्रेसले संसदीय दलको नेता
नेपाली कांग्रेस संसदीय दलको नेता चयन वैशाख पहिलो साता मात्रै हुने भएको छ । प्रतिनिधि सभाको दोस्रो ठुलो दल कांग्रेसले फागुन २१ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनको देशव्यापी समीक्षा कार्यक्रम गरिरहेकाले संसदीय दलको नेता चयनमा ढिलाइ भएको हो ।
बिचौलियाविहीन बन्दै कार्यालय
सरकारले काठमाडौँ उपत्यकाभित्रका सेवाग्राहीको चाप हुने कार्यालय अनुगमन गरी बिचौलिया अन्त्य गर्ने कार्यलाई तीव्रता दिएसँगै ती कार्यालयबाट प्रदान गर्ने सेवा सहज र प्रभावकारी बन्दै गएका छन् । एक सातादेखि सरकारले उपत्यकाका मालपोत, नापी र यातायात कार्यालय अनुगमन गरी बिचौलिया पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ । काठमाडौँका मालपोत, यातायात र नापी कार्यालयबाट बिचौलिया अन्त्य गरेसँगै अहिले सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयमा बिचौलिया निरुत्साहित बन्दै गएका छन् । बिचौलियाविहीन सेवा हुँदा अनावश्यक सेवाग्राही ठगिनुपर्ने अवस्था अन्त्य भएको छ । सेवाग्राहीले भने बिचौलियाविहीन सरकारी सेवा छिटो, सहज र भन्झटरहित भएको महसुस गरेका छन् । कर्मचारीलाई पनि सेवा प्रवाहको प्रणाली सुधार्नुपर्ने आन्तरिक दबाब सिर्जना भएको छ ।
गृहमन्त्री गुरुङद्धारा विपी राजमार्गको निरीक्षण
गृहमन्त्री सुधन गुरुङले पुन निर्माण भैरहेको विपी राजमार्गको निरीक्षण गर्नुभएको छ ।
समन्वय र सहकार्य नै गणतन्त्रको मूल मर्मः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समन्वय, सहकार्य र सह–अस्तित्व नै गणतन्त्रको मूल मर्म भएको बताउनुभएको छ ।
ओली र लेखकले गल्ती स्वीकार गर्नुपर्छ : सांसद पुन
प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले 'जेनजी' आन्दोलनका क्रममा भएका कमीकमजोरीलाई तत्कालीन नेतृत्वले स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण : ‘साइबर बुलिङ’ विरुद्ध कानुनी हस्तक्षेप अपरिहार्य छ
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवनमा शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।
गृहमन्त्री गुरुङद्वारा रोशी खोलाको स्थलगत निरीक्षण
गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको स्थलगत निरीक्षण गर्नुभएको छ ।
घरबाटै काम गर्न सरकारको आह्वान
युद्धका कारण इन्धन सङ्कट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ ।
राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन
राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् ।
राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ
राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलवार आयोजित विशेष समारोहमा उहाँले शपथ लिनुभएको हो ।