महाधिवेशन उपलब्धिपूर्वक हुनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ ।
रातभरिमा सहमतिको विन्दुमा पुग्छौँः कांग्रेस नेता घिमिरे
नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताउनुभएको छ।
निर्वाचन घोषणापछि विधि र प्रविधि परिवर्तन हुँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ ।
वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जान्छौँः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताउनुभएको छ। मंगलबार काठमाडौँमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
नेफिनले बनाउँदैछ दलका लागि राजनीतिक आधारपत्र
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राजनीतिक दलहरुको चुनावी घोषणापत्रमा आदिबासीको सवालबारेमा आधारपत्र निर्माणका लागि आदिबासी जनजाति अगुवाहरुले छलफल गरेका छन् ।
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो
इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्ध मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलो पटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो ।
निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्मा हो : डा. तुलाधर
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निष्पक्ष निर्वाचन लोकतन्त्रको आत्म भएको बताउनु भएको छ ।
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन कार्यान्वयन गर्न धेरै खर्च नगरी सानै पहलमा पनि सुरुआत गर्न सकिने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले निर्वाचनका लागि मनोनयनपत्र दर्ता शुल्क तोकिएको छ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार रावल नियुक्त
सरकारले प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ ।
समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता
निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम बुझाएका १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् ।
राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउसको एकीकरण
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबिच पार्टी एकीकरण भएको छ ।
कांग्रेस विशेष महाधिवेशन : पुरानै विधान अनुसार निर्वाचन हुने
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले पार्टीको पुरानै विधान अनुसार निर्वाचन गर्ने भएको छ ।
नेकपा केन्द्रीय सदस्यको शपथ
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य पद तथा गोपनीयताको शपथ लिएका छन्।
विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी संस्थापनलाई आग्रह गरेको छ ।
मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री अर्याल जनकपुरमा
गृहमन्त्री ओमप्रकाश अर्याल भोलिबाट सुरु हुने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि मङ्गलबार धनुषाको जनकपुरधाम आइपुग्नुभएको छ।
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मङ्गलबार पश्चिमी जापानको ऐतिहासिक सहर नारामा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलनका लागि भेटवार्ता गर्नुभएको छ ।
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ ।
सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनु पर्छ: सभामुख घिमिरे
विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।
एकल सिफारिस उम्मेदवार प्रचार–प्रसारमा व्यस्त
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस भएका उम्मेदवारहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रचार–प्रसारमा व्यस्त देखिएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठक १ बजे बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार दिउँसो १ बजेका लागि सारिएको छ । कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचन सफल बनाउन बाँकेमा सुरक्षा रणनीति तय
निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरको उपस्थितिमा नेपालगन्जमा भएको जिल्ला सुरक्षा समिति, बाँकेको बैठकले निर्वाचनलाई सफल बनाउन विभिन्न निर्णयहरु गरेको छ ।
निर्वाचन तोकिएको मितिमै शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ
भदौ २३ र २४ गते नवपुस्ता (जेनजी) को आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको कार्यादेश छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने र मुलुकमा सुशासन कायम गर्नु हो । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकारले सरोकारवाला निकायसँग निरन्तर संवाद गरिरहेको छ । यसै सन्दर्भमा निर्वाचन सुरक्षा चुनौती, त्यसलाई सामना गर्न गृह मन्त्रालयले गरिरहेको सुरक्षाव्य