शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २५ गते । प्रधानमन्त्री सुशीला कार्कीले दिल्ली विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको छ । ट्वीटर (एक्स)मार्फत उहाँले विस्फोटप्रति दुःख व्यक्त गर्नुभएको हो ।
उहाँले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मेन्सन गरिएको पोस्टमा प्रधानमन्त्री कार्कीले दुःखको घडीमा नेपाल भारतको साथमा रहेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री काकीले लेख्नुभएको छ, ‘हिजो साँझ भएको दुःखद दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछु ।’
विस्फोटमा परेर अहिलेसम्म आठ जनाको मृत्यु भइसकेको छ । केही घाइतेको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।