काँग्रेस–एमालेप्रति नै जनताको विश्वास र भरोसा : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताले नेपाली काँग्रेस–एमालेप्रति नै विश्वास र भरोसा गरेको बताउनुभएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा पार्टीका तर्फबाट आगामी मङ्सिर ७ गते काठमाडौँमा आयोजना हुने जागरण सभा कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।
सभापति देउवाद्वारा असिउ देउताको पूजा
पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अढाइ दशकपछि आफ्नो गाउँको मन्दिर असिग्राम असिउमा पुगेर दर्शन गर्नुभएको छ ।
उपनिर्वाचन : मोरङको ग्रामथानमा निर्वाचन कार्यालय स्थापना
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मोरङका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत उद्धबप्रसाद भट्टराईले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गर्नुभयो ।
एमालेले मङ्सिर ७ मा जनजागरण सभाको आयोजना गर्ने
नेकपा एमालेले आगामी मङ्सिर ७ गते भृकुटीमण्डपमा जनजागरण सभाको आयोजना गर्ने भएको छ । बागमती प्रदेश इन्चार्ज एवम् जागरण सभा संयोजन समितिका संयोजक डा. राजन भट्टराईले मङ्सिर ७ गते एमाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरु मुख्य आयोजक, विभिन्न जनसङ्गठन, पेसागत सङ्गठन, सम्पर्क समन्वय समिटी र विभागहरुको सहभागितामा भृकुटीमण्डपमा जनजागरण सभाको आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
‘चीन भ्रमणको प्रारम्भिक तयारी भइरहेको छ’
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणको प्रारम्भिक तयारी सुरु भएको बताउनुभएको छ।
जग्गाको नयाँ नापजाँचका लागि विश्व बैंकको सहयोग महत्त्वपूर्ण : मन्त्री अधिकारी
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा प्रशासनलाई सुदृढ र मुलुकभरका जग्गाको नयाँ नापजाँचका लागि प्राविधिक सहयोग पुर्याउन विश्व बैंकको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बेवारिसे भइ हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा रहेको बताउनुभएको छ ।
सात बुँदे सहमतिको स्पिरिटअनुसार संविधान संशोधन र सरकार सञ्चालन : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सात बुँदे सहमतिको स्पिरिटअनुसारनै संविधान संशोधन र सरकार सञ्चालन भइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले शुक्रबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
गौरीशङ्करको विकास एमालेले नै गर्छ : पूर्वमन्त्री गुरुङ
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले दोलखाको समग्र विकास एमालेबाहेक अरुले गर्न नसक्ने बताउनुभएको छ ।
विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने अध्यक्ष दाहालको विश्वास
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत् निर्यात बढ्दै जाँदा मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक जारी
मुलुकको समग्र आर्थिक परिसूचकको अवस्था, विद्यमान आयोजनाको प्रगति, समस्या र समाधानका उपायबारे छलफल गर्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक सिंहदरबारमा सुरु भएको छ
जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी
राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु संरक्षणका विषय स्पष्टताका साथ प्रस्तुत गरेकाले भ्रमण फलदायी भएको छ ।
एमाले अध्यक्षमा बराल र भट्टराई भिड्दै
बिहीबारदेखि सुरु भएको नेकपा (एमाले) इलामको ११औं अधिवेशनमा जिल्ला कमिटी अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
सांसद बजगाईंविरुद्ध कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसमा सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिनुभएको छ ।
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० मा भाग लिएर आज स्वदेश फर्कनुभयो । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते अजरबैजान जानुभएका राष्ट्रपति पौडेल शुक्रवार बिहान स्वदेश फर्कनुभएको हो ।
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । उहाँलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाइ गर्नुभयो ।
आइटीमार्फत रोजगारी सिर्जना : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवाका लागि ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।
रास्वपाका सांसदविरुद्ध अवहेलना मुद्दा, मङ्सिर ३ मा सुनुवाइ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय पदाधिकारीसहित १९ सांसदविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
‘अख्तियारसँग डराउनु पर्दैन’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पदीय जिम्मेवारीमा रहने सबैले कानुनको परिपालना, खर्चको मितव्ययिता, आर्थिक अनुशासन र सरकारी सम्पत्तिको सदुपयोग/संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
पुइलेक विमानस्थलका लागि ठाउँ उपयुक्त छ : सभापति देउवा
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित पुइलेक विमानस्थलको स्थलगत अवलोकन गरेर ठाउँ उपयुक्त भएको बताउनुभएको छ ।
चीन भ्रमण सम्पन्न गरी मुख्यमन्त्री आचार्य स्वदेश फिर्ता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किनु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री चेतनारायण आचार्य बिहीवार स्वदेश फर्किनु भएको हो ।
सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग
नेपाली काँग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने माग पनि गर्नु भएको छ ।
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोयन गर्नुभएको हो।
कार्यान्वयनको दश वर्षपछि संविधानमाथि समीक्षा हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधानमाथि समीक्षा र मूल्याङ्कन हुने बताउनुभएको छ।