सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको स्वागत गर्दै लामिछाने पार्टीको मुख्य जिम्मेवारीमा फर्किने जनाएको छ ।
निर्वाचन सुनश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताउनुभएको छ ।
एमालेको काँधमा ठूलो जिम्मेवारी छ : अध्यक्ष ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको विषम परिस्थितिमा पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभएको छ ।
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी
राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी गर्नुभएको छ ।
पाकिस्तानद्वारा भारतमाथि ‘पानीलाई हतियार बनाएको’ आरोप
पाकिस्तानले छिमेकी भारतले चेतावनी नदिई भारतीय बाँधबाट पानी छोड्दै ‘पानीलाई हतियार’का रूपमा प्रयोग गरेको गम्भीर आरोप लगाएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक पुस अन्तिम साता बस्ने
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक पुस २६, २७ र २८ गते बस्ने भएको छ। शुक्रबार बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम साता दोस्रो केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।
खेजेनिममा क्लबस्तरीय फुटबल प्रतियोगिताको तयारी
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा प्रथम मानाभरा आमन्त्रित क्लबस्तरीय कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। आउँदो पुस १५ देखि १९ गतेसम्म खेजेनिममा प्रतियोगिता सञ्चालन हुने भएको हो।
युक्रेनमा लक्ष्य हाँसिल हुने पुटिनको दाबी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र क्रेमलिनले तय गरेका सैन्य लक्ष्य अन्ततः हाँसिल हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल
जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताउनुभएको छ।
अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कानुन अस्वीकार्य : अध्यक्ष शर्मा
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि कानुन अस्वीकार्य हुने बताउनुभएको छ ।
जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गर्नुभएको छ ।
एमाले केन्द्रीय सदस्यमा रौतहटबाट जिल्ला इन्चार्ज गुप्तासहित चार जना निर्वाचित
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा रौतहटबाट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता सहित चार जना उम्मेदवार विजयी हुनुभएको छ ।
बर्दियाबाट चार महिलासहित पाँच केन्द्रीय सदस्य निर्वाचित
बर्दियाबाट नेकपा एमालेको ११ औँ राष्ट्रिय अधिवेशनमा प्रतिनिधित्व गर्नुभएका पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने एक जना लेखा आयोगको सदस्यमा निर्वाचित हुनुभएको छ ।
एमाले महाधिवेशन : लमजुङबाट उपाध्यक्षसहित ८ जना निर्वाचित
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट लमजुङका उपाध्यक्षसहित ८ जना केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएको छ ।
समानुपातिकतर्फको उम्मेदवार छनोट गर्न आजपाद्वारा कार्यदल गठन
आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
गुल्मी–२ मा कांग्रेसबाट १५ जना आकाङ्क्षी
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी–२ मा नेपाली कांग्रेसबाट १५ जना उम्मेदवारका आकाङ्क्षी देखिएका छन् ।
नेकपा (एमाले) का निर्वाचित केन्द्रीय सदस्यहरु (नामावलीसहित)
सुदूरपश्चिमबाट चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, लीलाधर भट्ट, सहदेव बोगटी, गोविन्द गिरी, कमलाकुमारी ओली, भगिरथी सिंह, लीलाकुमारी भण्डारी कर्णालीबाट
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ ।
एमाले अध्यक्षमा ओलीको ‘ह्याट्रिक’
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशनले अध्यक्ष पदमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । ओली एक हजार ६६३ मतसहित निर्वाचित हुनुभयो । उहाँका एक मात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले जम्मा ५६४ मत प्राप्त गर्नुभयो । महाधिवेशनमा दुई वटा समूहबाट प्रतिस्पर्धा हुँदा कुल १९ सदस्यीय पदाधिकारीमा ओलीको समूहका १७ जना र पोखरेलको समूहबाट दुई जना विजयी हुनुभएको हो । कुल विजयीमध्ये अधिकांश केन्द्रीय सदस्य ओली समूहबाट छन् ।
जाँचबुझ आयोगको म्याद थप
सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।
एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा २४ बुँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । महाधिवेशनको समापनसत्रमा प्रस्ताव लेखन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुभएको सो प्रस्ताव पारित भएको हो ।
१२ जना थारु निर्वाचित, भगवतीलाई लोकप्रिय मत
नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको छ । १२ जनामध्ये सबैभन्दा लोकप्रिय मत भगवती चौधरी (२०४४) मत प्राप्त गर्नुभएको छ ।
जबसम्म तीन तहको सरकारबिच समन्वय नभएसम्म परिणाम आउँदैन – सुशील ज्ञवाली
लगानी बोर्डका प्रमुख कार्यकरी अधिकृत सुशील ज्ञवालीले जबसम्म तीन तहको सरकारबिच योजना प्रणालीमा समन्वयन हुँदैन तबसम्म सकारातमक परिणाम नआउने बताउनुभएको छ ।