काठमाडौँमै आठ हजार १९७ मत बदर
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा बढी साक्षरता दर रहेको काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ ।
कास्कीमा तीन दलबाहेक सबै उम्मेदवारको जमानत जफत
प्रतिनिधिसभामा तीन निर्वाचन क्षेत्र रहेको कास्कीका सबै क्षेत्रमा तीन दलबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ ।
आजै राति १२ बजेदेखि निर्वाचन आचारसंहिता हट्ने
निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ ।
हुम्लामा समानुपातिकतर्फ काँग्रेस पहिलो
हिमाली जिल्ला हुम्लाका मतदाताले समानुपातिक मतगणना भई रहँदा नेपाली काँग्रेस पहिलो भएको छ ।
इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया
इरानमा नयाँ सर्वोच्च नेताको चयनपछि उत्पन्न अन्तर्राष्ट्रिय प्रतिक्रियाका बीच चीनले यो निर्णय पूर्णरूपमा इरानको आन्तरिक विषय भएको स्पष्ट गरेको छ ।
इलाम-१ मा कांग्रेसका निश्कल राई विजयी
इलाम निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी हुनुभएको छ ।
सल्यानमा १० जना उम्मेदवारको धरौटी जफत, चारजनाको मात्र जोगियो
सल्यान जिल्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको धरौटी जफत हुने भएको छ ।
सामाजिक अभियानबाट राजन गौतम संसद्सम्म
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतम शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानमार्फत स्थापित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ ।
मतदान गर्न जाँदा समातिए वर्षौदेखि फरार तीन कसुरदार
स्याङ्जामा बर्षाैदेखि फरार कसुरदार मतदान गर्न जाँदा समातिएका छन् ।
बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १७ हजार
निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा १४ लाख १७ हजार २२९ रुपियाँ खर्च भएको उल्लेख गर्नुभएको छ ।
नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचितको प्रमाणपत्र दिन माग गर्दै धर्ना
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्न माग गर्दै पार्टीका नेता तथा कार्यकर्ताले धर्ना दिएका छन् ।
‘म्यागासेसे’ को संसद् यात्रा....
सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गर्नुभएको छ । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो ।
सर्लाहीमा पुराना पराजित, नयाँ अनुहारको उदय
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट सर्लाहीमा नयाँ अनुहारहरूको उदय भएको छ। चार निर्वाचन क्षेत्र रहेको सर्लाहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘क्लिन स्विप’ गरेको छ। चारमध्ये तीन क्षेत्रमा नयाँ अनुहार सांसद बनेका छन् भने डा. अमरेशकुमार सिंह मात्र दोहोरिएर निर्वाचित हुनुभएको छ।
नेपाली महिला विश्वमै उदाहरणीय
नेपाली महिला जिम्मेवारी र अवसर प्राप्त गरेको खण्डमा असहज अवस्थामा पनि सही ढङ्गले समाधानसहित काम फत्ते गर्न सक्छन् भन्ने उदाहरण बन्न सफल भएका छन् । जसले नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै नेपालको ख्याति बढाएको छ ।
निर्वाचनमा पूर्वमन्त्रीहरूको कमजोर प्रदर्शन
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार बन्नुभएका पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलबाहेकका छ जना पराजित हुनुभएको छ ।
आठ जना पूर्वस्वास्थ्यमन्त्री पराजित
प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि उम्मेदवार बनेका आठ जना पूर्वस्वास्थ्यमन्त्री पराजित हुनुभएको छ । पराजित हुनेमा नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापा; पूर्वउपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव; नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल; पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, शेरबहादुर तामाङ, पदम गिरी र प्रदीप यादव हुनुहुन्छ ।
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सोमबार हुँदै छ । निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।
गोली हान्न लगाउनेलाई कारबाही सिफारिस
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आइतबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीलाई आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाउनुभएको हो ।
तोडियो ‘बहुमत आउँदैन’ भन्ने भाष्य
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फ कुल १६५ मध्ये १६४ क्षेत्रको मतगणना हुँदा १६१ क्षेत्रको परिणाम घोषणा भइसकेको छ । निर्वाचन आयोगले घोषणा गरेको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२४ सिटमा विजय हासिल गरेको छ ।
लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी
लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।
चर्चामा संसद्को शक्ति सन्तुलन
प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइरहँदा माथिल्लो र तल्लो सदनको शक्ति सन्तुलन चर्चामा छ । निर्वाचन परिणाम र त्यसपछिको सङ्घीय सदनको बनोटले सामान्य विधेयक र अर्थ विधेयकको सन्दर्भमा ठुलो अन्तर नल्याउने भए पनि संविधान संशोधन, सन्धि अनुमोदन र अध्यादेश स्वीकृत गर्ने विषयमा भने समस्या निम्तिन सक्ने विज्ञहरूको बुझाइ छ ।
नुवाकोट–१ मा रास्वपाका डा.विक्रम तिमिल्सिना निर्वाचित
नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिना विजयी हुनुभएको छ।
गण्डकीमा दुई क्षेत्रको नतिजा आउन बाँकी
गण्डकी प्रदेशका कुल १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब गोरखाका दुई क्षेत्रको परिणाम आउन बाँकी छ ।