राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका उम्मेदवारको मनोनयन दर्ता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
दाङ क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालको उम्मेदवारी दर्ता
दाङ निर्वाचन क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्नु भएको छ ।
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता (फाेटाे फिचर)
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनय दर्ता भइरहेको छ ।
श्रमसंस्कृति पार्टीका अध्यक्ष राईद्वारा मनोनयन दर्ता
धरान उपमहानगरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता सुरु भएको छ। मङ्गलबार धरान-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको छ ।
बाजुराका ६२ मतदान स्थल अति संवेदनशील
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तोकिएका यहाँका १११ मतदान स्थलमध्ये ६२ मतदान स्थल अति संवेदनशील रहेका छन् ।
रास्वपाबाट बालेन्द्र शाह र इन्दिरा राना मगरको उम्मेदवारी दर्ता
झापाका पाँच वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन कार्य सुरु भएको छ । झापाको क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दिनुभएको छ ।
इलाममा मनोनयन दर्ता सुरु
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा पनि उम्मेद्वारको मनोनयन दर्ता सुरु भएको छ ।
अध्यक्ष ओलीले गर्नु भयो ध्वस्त संरचनाको अवलोकन
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनको नाममा झापामा ध्वस्त पारिएका व्यक्तिगत तथा सार्वजनिक संरचनाहरूको आज स्थलगत अवलोकन गर्नुभएको छ।
महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिनुभएका महावीर पुन म्याग्दीबाट उमेदवार दिनु भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मङ्गलबार बेनीस्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कैलाली क्षेत्र ५ बाट रानाको स्वतन्त्र उम्मेदवारी
लामो समय नेपाली कांग्रेसबाट राजनीति गर्नु भएका कैलालीको धनगढी निवासी प्यारेलाल रानाले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रतिनिधिसभा निर्वाचन सफल गराउन बागलुङमा सर्वपक्षीय बैठक
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तिव्र पारेको छ ।
कांग्रेस सभापति थापाले सर्लाही ४ बाट उम्मेदवारी दिनुहुने
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामआश्र साहले पार्टी सभापति थापा मनोनयन दर्ता गर्न सर्लाही आउन लाग्नुभएको गोरखापत्र अनलाइनलाई पुष्टी गर्नुभयो ।
शिक्षामन्त्री पुनद्वारा राजीनामा
नेपालको संविधानबमोजिम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।
यी स्थानमा हुनेछ काठमाडौँका उम्मेदवारी दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता गर्न काठमाडौँका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल सुरु भएको छ ।
‘हेभीवेट’ उम्मेदवार प्रतिस्पर्धा राष्ट्रिय स्तरमै चासो
आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै नवलपरासी (सुस्ता पश्चिम) का दुई निर्वाचन क्षेत्रमा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ ।
एमालेको प्रमुख एजेण्डा विकास र समृद्धि हो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको प्रमुख एजेण्डा विकास, समृद्धि र आत्मनिर्भर राष्ट्र निर्माण भएको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री देउवा प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने
पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ । विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आउनुभएका उहाँ यसपटक भने उम्मेदवार नहुने उहाँको स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभा निर्वाचन: आज उम्मेदवारी दर्ता हुँदै
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार देशभर एकै पटक मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तोकिएको
एमालेबाट काठमाडौँ क्षेत्र ५ मा पोखरेल उम्मेदवार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
४० बढी निर्णय कार्यान्वयन गराएँ : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री भएपछि चार महिनामा ४० भन्दा बढी निर्णय कार्यान्वयन गराएको बताउनुभएको छ ।
दुई संघीय मन्त्रीले दिनुभयो पदबाट राजीनामा
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उहाँहरुले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिनुभएको हो ।
बागमतीका छ जना प्रदेश सभा सदस्यको राजीनामा
बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ ।