शेरबहादुर सार्की
बाजुरा, फागुन २४ गते । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी हुनु भएको छ । उहाँ नेकपा एमालेका लालबहादुर थापालाई प्राजित गर्दै विजयी हुनुभएको हो ।
गिरीले १७ हजार १७३ मत प्राप्त गर्नु भएको छ । भने उहाँका निटतम प्रतिद्धन्दी लालबहादुर थापाले १६ हजार ६३३ मत प्राप्त गुर्न भएको छ ।
त्यसैगरी रास्वपाका हेमराज थापाले ६ हजार ४५ मत प्राप्त गुर्नभएको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाहले ३ हजार ४२६ मत प्राप्त गर्नुभएको छ ।
राप्रपाका केशर शाहीको ३५२ प्रगतिशिल लोकतान्त्रिकपार्टीका दीपककुमार डि.सीको ९६ नेपाल कम्युनिस्ट पार्टी माओवादीका भुपेन्द्र लुहारको २३३ स्तन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामा ४६ हजार २३२ मत खसेको छ । यसमा पुरुष २१ हजार ८५७ र महिला २४ हजार ३७५ जनाले मतदान गरेको छन् । प्रतिशतमा ५२.६३ मत खसेको छ ।
२०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता ८३ हजार ५६७ मध्ये प्रतिनिधी सभातर्फ साठी हजार १५२ मत खसेको थियो । अर्थात ६१ दशमलब ६३ प्रतिशत मत खसेको थियो ।
त्यो बेला नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे पहिलो र एमालेका कर्णबहादुर थापा दोस्रो हुनुभएको थियो । पाण्डेको ३१ हजार ७८९ मत र एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत प्राप्त गर्नु भएको थियो ।