शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २१ गते । काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन्द्रका रूपमा तोकेको छ ।
नेपाली सेनाका सूचना अधिकारी सहायकरथी राजाराम बस्नेतका अनुसार आयोगले मतदानका लागि नेपाली सेनाले नाम सङ्कलन गरेको थियो । सम्बन्धित निर्वाचन कार्यालयबाट प्रमाणित भएका मतदाताले यस मतदान केन्द्रबाट मतदान गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “यहाँ नेपाली सेनाबाट धेरै अगाडि नामहरू सङ्कलन भएको थियो । त्यो नामहरू सम्बन्धित आयोगबाट प्रमाणित भएको छ । त्यो भेरिफाइ गरेकाले मात्रै यहाँ भोट हाल्ने छन् ।”