प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ गतेबाट सुरु भएको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, प्रश्नमा मन्त्रीहरुले जवाफ दिने
काठमाडौँ, जेठ ५ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नुहुनेछ । नेपालको चलचित्र उद्योगलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने लक्ष्यका साथ सरकारले सो विधेयक ल्याइएको बताउँदै आएको छ । यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रधस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्राल र युवा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिनुहुने कार्यसूची छ ।
सगरमाथा संवाद भव्य सफल
विश्वको सर्वोच्च हिमालको भूमि नेपालबाट हिमाल संरक्षणको आवाज बुलन्द बनाउँदै काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको ढाँचामा आयोजित सगरमाथा संवादले २५ बुँदे ‘सगरमाथा
विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेस
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ।
हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष दाहाल
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताउनुभएको छ। सरकार बनाउनेतर्फ पार्टीले ध्यान नदिएको उहाँले बताउनुभयो।
हाम्रो काँधमा परिवर्तनको अभिभारा छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेससँग मिल्दा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने र प्रतिस्पर्धा गर्दा मिल्नुपर्छ भन्ने बिर्सन नहुने बताउनुभएको छ ।
नागरिक उन्मुक्तिबाट चौधरी बन्नुभयो पर्यटनमन्त्री
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिनुभएको छ ।
गण्डकीमा बजेट अधिवेशन जेठ ११ गतेबाट
गएको चैत २६ गते अन्त्य भएको गण्डकी प्रदेशसभाको अर्काे अधिवेशन यही जेठ ११ गतेबाट सुरु हुने भएको छ। आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले ११ गते दिउँसो २ बजेदेखि सुरु हुने गरी बैठक आह्वान गर्नुभएको हो।
प्रधानमन्त्रीसँग ‘लस एन्ड ड्यामेज फन्ड’ का कार्यकारी निर्देशकको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कोष फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेजका कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले शिष्टाचार भेट गर्नुभएको छ।
२५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद
नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो।
एक हप्तामा गभर्नरको नियुक्ति : सञ्चारमन्त्री गुरुङ
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ढिलोमा एक हप्ता भित्रमा राष्ट्र बैँकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ ।
उच्च मनोबलका साथ विश्व प्रतिस्पार्धामा विजयी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।
प्रदेश सरकार र आन्दोलनरत कर्मचारीबिच सहमति
स्थानीय सेवा ऐन चाँडै जारी गर्नुपर्ने लगायतको माग राख्दै आन्दोलन गर्दैआएका स्थानीय तहका कर्मचारीसँग सुदूरपश्चिम प्रदेश सरकारले सहमति गरेको छ । गएराति सरकार र कर्मचारीबिच भएको वार्तामा मध्यरातमा सहमति जुटेको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभाको बैठक सुरु भएकाे छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची रहेकाे छ ।
सगरमाथा संवाद : उत्साहप्रद उच्चस्तरीय भेटवार्ता
नेपाल सरकारले वैश्विक बहसको थलोको परिकल्पनासहित सुरु गरेको सगरमाथा संवादले नेपाल उच्चस्तरीय जमघटको महत्त्वपूर्ण अवसर जुराएको छ । प्रायः जसो विदेशमा अभ्यास भइरहेका अन्तर्राष्ट्रि
प्रतिगमन सम्भव छैन : प्रम
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा प्रतिगमनकारी कदम सफल हुन नसक्ने बताउनुभएको छ । उहाँले प्रतिगमनका लागि कोसिस गर्नेले ठुलो मूल्य चुका
धेरै प्रतिकुलताकाबिच देश बन्दैछ : नेता ज्ञवाली
नेकपा (एमाले)का उप–महासचिव प्रदिव ज्ञवालीले धेरै प्रतिकुलताकोबिच देश बन्दै गरेको बताउनुभएको छ।
परराष्ट्रमन्त्री डा. राणासँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले शसनबा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैनः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैको प्रतिनिधित्व सुनिश्चित भएको समावेशी सिद्धान्तसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नभएको बताउनुभएको छ।
एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान
नेकपा (एमाले) लमजुङले स्थानीय निर्वाचनमा निर्वाचित पूर्व जनप्रतिनिधि तथा उम्मेदवारलाई सम्मान गरेको छ । ३२ औं मदन आश्रित दिवसका दिन शनिवार सदरमुकाम बेसीसहरमा आयोजित एमालेको नवौं जिल्ला अधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकको अबसरमा पूर्व जनप्रतिनिधि तथा उम्मेदवारलाई सम्मान गरिएको हो ।
जनतासँग जोडिनु नै हाम्रो राजनीतिक मुद्दा हो : अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुको राजनीतिक मुद्दा गरिब जनता र समुदायसँग जोडिनु रहेको बताउनु भएको छ ।
प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले शनिबार शिष्टाचार भेट गर्नुभएको छ।
महामन्त्री शर्माको संयोजनमा सगरमाथा आधार शिविरमा विशेष संवाद
नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा शनिबार ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ।
वाम-लोकतन्त्रिक आन्दोलनमा अविस्मरणीय योगदान
नेपाली राजनीतिले हरेक वर्ष जेठ ३ मा सम्झिने नाम हो मदन-आश्रित ।