विदेशी निर्वाचन पर्यवेक्षकद्वारा मतदान केन्द्र अवलोकन
नेपालमा भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवलोकन गर्न आएका विदेशी निर्वाचन पर्यवेक्षकहरूले काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रको अवलोकन गरेका छन्।
संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छः पूर्वराष्ट्रपति डा यादव
पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट क्षेत्र नं १ स्थित गौर नगरपालिका वडा नं. २ को रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
बागलुङ कारागारको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न
बागलुङ कारागारमा मतदना सम्पन्न भएको छ । ५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा ५३ मत खसेको हो।
एमाले उपमहासचिव भट्टद्वारा कैलाली–४ मा मतदान
नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–४ को गोदावरी नगरपालिका–१ स्थित घण्टेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
दाङका दुई मतदान केन्द्रमा मतदान सुरु हुन सकेन
मतदान सुरु भएको तीन घण्टा बढी समय भइसके पनि दाङका दुई मतदान केन्द्रमा अहिलेसम्म मतदान हुन सकेको छैन।
प्रतिनिधि सभा निर्वाचन : १० बजेसम्म ६ प्रतिशत मत खस्यो
प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ। बिहान १० बजेसम्म देशभर दस लाख ६५ हजार १२० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
कञ्चनपुरमा एमाले उम्मेदवारद्वारा मतदान
कञ्चनपुरमा बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तीनै निर्वाचन क्षेत्रका नेकपा एमालेका उम्मेदवारले मतदान गर्नुभएको छ।
मकवानपुरमा मतदाताको उत्साही सहभागिता
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बिहानैदेखि मतदाताहरू मतदान गर्न आफ्नो मतदान केन्द्र पुग्नु भएको हो ।
प्रधानमन्त्री कार्कीद्वारा मतदान
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं. ५ , धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
एमाले उम्मेदवार सुहाङद्वारा मतदान
नेकपा एमाले इलाम–२ का उम्मेदवारसुहाङ नेम्वाङले इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गर्नुभएको छ ।
उम्मेदवार जनार्दन शर्माद्वारा मतदान
प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले मतदाता गर्नुभएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट उम्मेदवार बन्नुभएका शर्माले मुसिकोट नगरपालिका –५ स्थित यमुनानन्द नमुना मावि सेरीगाउँको ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो ।
दाङ– २ मा एमाले महासचिव पोखरेलद्वारा मतदान
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेकपा (एमाले) महासचिव शंकर पोखरेलले बिहीबार बिहान मतदान गर्नुभएको छ।
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ,फागुन २१ गते । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै भन्नुभएको छ, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु ।” प्रधानमन्त्री कार्कीले मतदाताको प्रत्येक मत हाम्रो भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्दै शान्तिपूर्ण निर्वाचनका लागि देखाउनुभएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गर्नुभएको छ । रासस
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट मतदान गर्नुभएकोे छ । मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।
देशभर मतदान सुरु
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो ।
‘लोकतान्त्रिकमा निर्वाचन सबैभन्दा ठुलो अनुष्ठान हो’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठुलो अनुष्ठान भएको बताउनुभएको छ ।
निर्वाचनको महाउत्सव आज
संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, समुन्नति, आर्थिक विकास, पारदर्शी सेवा प्रवाह र समग्र रूपान्तरणको मूल मुद्दाकेन्द्रित प्रतिनिधि सभा निर्वाचनको उल्लास देशैभर छाएको छ । सुशासन, रोजगारी र जवाफदेही नेतृत्वका पक्षमा भएको भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) पुस्ताको आन्दोलनको कार्यादेश अनुसार बिहीबार (आज) देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य पदका लागि मतदान हुँदै छ ।
मतदाताको प्रतीक्षामा मतदान केन्द्र
आज नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान गर्ने दिन हो । मतदान गर्न तयार रहेका एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मतदानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै छन् । देशभर तय गरिएका १० हजार ९८७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तथा १४३ अस्थायी मतदान स्थल मतदातालाई स्वागत गर्न तयार पारिएको छ । उपत्यकामा आयोगका पदाधिकारी तथा जिल्लाहरूमा निर्वाचन अधिकृतसहितका कर्मचारीले मतदान स्थलको अनुगमन गर्नुभएको छ । अनुगम
ताप्लेजुङमा तयार भयो मतगणना स्थल
ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको लागि मतगणना स्थल तयार भएको छ । जिल्ला अदालतमा दुई वटा स्थानमा मतगणना गर्नेगरी तारजालीको घेरबारसहित मतगणनास्थल तयार भएको हो ।
काभ्रेपलाञ्चोकमा निर्वाचनको सम्पूर्ण तयारी पूरा
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी सकिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलाञ्चोकमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुनसरीमा भयो मतदान केन्द्रहरु निर्माण
सुनसरीको विभिन्न निर्वाचन क्षेत्रको सबै मतदान केन्द्रहरु निर्माण भएको छ । दुई दिनअघि मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले पहिलो चरणमा दलका प्रतिनिधिहरुसँग छलफल गरेकोमा बुधबार मध्यानसम्ममा सबै मतदान केन्द्रहरु निर्माण सम्पन्न गरेको हो ।
आवश्यक परे आधा घण्टामै सेना पुुग्ने
निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सेनालाई तैनाथ गरिएको इलामस्थित नेपाली सेनाको रणशार्दूल गण इलामले जनाएको छ ।