एमाले अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको नाम सिफारिस गरेको छ ।
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबिच निर्वाचनबारे छलफल
वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रुपमा छलफल सुरु गरेको छ ।
कांग्रेस नेता महर र नोबेल पुरस्कार विजेता काजिताबिच भेटवार्ता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहका प्रमुख अतिथि एवम् नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितासँग भेटवार्ता गर्नुभएको छ ।
ज्येष्ठ नागरिकको हक, अधिकारमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उहाँहरुको सम्मान, सुरक्षा र सुखद जीवन सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको मुख्यमन्त्री आचार्यले बताउनुभएको हो ।
प्रतिनिधिसभा निर्वाचन : हुम्लामा ६० मतदानस्थल र ६४ मतदानकेन्द्र निधारण
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा ६० मतदानस्थल र ६४ वटा मतदानकेन्द्र निर्धाण गरिएका छन् । यसमा दुई वटा मतदानस्थल र नयाँ चार वटा मतदान केन्द्र थपिएका हुन् ।
नेकपा म्याग्दीद्वारा उम्मेदवारको नाम सिफारिस
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क–कसलाई लाग्छ आचारसंहिता ?
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ ।
‘महाधिवेशन गरेर निर्वाचनमा जुट्नु पर्छ’
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बिहीबार पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको सूची र पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।
नयाँ दल सघन संवादमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहलगायत पार्टी र व्यक्ति चुनावी सहकार्य गर्न सघन संवादमा जुट्नुभएको छ । शाहका सहयोगी कुमार बेनको घर ललितपुरमा बिहीबार एकपक्षीय र बहुपक्षीय छलफल भएका हुन् । रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरप्रमुख शाहबिच सोमबार (पुस ७ गते) राति एकल संवाद भएपछि बिहीबार नयाँ पार्टी र व्यक्तिसँग छलफल भएको नेताले बताएका छन् ।
निर्वाचन निर्देशिका तथा कार्यविधिको तयारी तीव्र
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्यविधि तथा निर्देशिका तयार गर्ने कार्यलाई तीव्रता दिएको छ । प्रतिनिधि सभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि नआउँदा रोकिएका तीन वटा निर्देशिकाको मसौदा तयार भइरहेको आयोगले जनाएको छ ।
सम्पदा संरक्षण गर्ने नीतिगत प्रयास
सर्वोच्च शिखर सगरमाथाको देश नेपाल तर सरकारसँग यसको दीर्घकालीन संरक्षण गर्न सघाउने कुनै छुट्टै नीतिगत व्यवस्था हालसम्म छैन । पछिल्लो समय हिमाल र पर्वतको संरक्षण अवधारणामा नेपालले नेतृत्व गर्दै गर्दा त्यसलाई अघि बढाउने हिमालसम्बन्धी नीतिगत दस्ताबेज आफैँसँग नहुँदा अप्ठ्यारो भोग्नु परेको अनुभव सरकारसँग छ । त्यही अभाव पूर्ति गर्न वन तथा वातावरण मन्त्रालयले विभिन्न मन्त्रालयसँगको सहकार्यमा नेपालको हिमाल रणनीति बनाउन लागेको छ ।
राजनीतिक दल परिमार्जन गरौं : नेता भण्डारी
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समयको मागअनुसार राजनीतिक दल परिमार्जन गर्नु आवश्यक रहेको टिप्पणी गर्नुभएको छ।
निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छः प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ।
निर्धारित समयमै निर्वाचन हुन्छ : सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताउनु भएको छ ।
आगामी निर्वाचन नलड्ने विश्वप्रकाश शर्माको घोषणा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो।
रुस-युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयास
सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल दुई देशबिचको सैन्य द्वन्द्व रहेन । चार वर्षको अवधिमा यो युद्ध युरोपेली सुरक्षा संरचना, अन्तर्राष्ट्रिय कानून, शक्ति सन्तुलन र विश्व राजनीतिका आधारभूत मान्यतालाई नै चुनौती दिने स्तरमा पुगेको छ ।
जेलेन्स्कीको कडा चेतावनी
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिनुभएको छ ।
उज्यालो घरको औपचारिक उद्घाटन
उज्यालो नेपाल पार्टीको कार्यालय उज्यालो घरको औपचारिक उद्घाटन भएको छ । बिहीबार नेपाल सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा त्रिपुरेश्वरमा रहेको उज्यालो घरको उद्घाटन भएको हो ।
शिक्षामा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री कार्की
बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो।
एमाले निर्वाचन विरोधी होइन : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनु भएको छ ।
चाडपर्वले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउँछः प्रदेश प्रमुख देवकोटा
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरूले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउने बताउनुभएको छ ।
पर्वले एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्छः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्व–उत्सवहरूले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाइ समाजवादको लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सप्तरीबाट राजेन्द्र महतोसहित छ जनाको सिफारिस
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं. २ र ३ मा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।