• २१ फागुन २०८२, बिहिबार

पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान

blog

मतदान गर्नुहुँदै नेकपा सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्बिरः प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 

रौतहट, फागुन २१ गते । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट  क्षेत्र नं १  स्थित गौर नगरपालिका वडा नं. २ को रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचनमा मतदाताको  उत्साह देखिएको  बताउनुभयो । मतदाताले राजनीतिक नेतृत्व चयन गर्नेमा आफु बिश्वस्त रहेको उहाँले बताउनु भयो । पुर्व प्रधानमन्त्री नेपाल रौतहट क्षेत्र नं.१ बाट नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार हुनु हुन्छ  ।