• २१ फागुन २०८२, बिहिबार

इलाममा ४० प्रतिशत मत खस्यो

blog

इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस (मुरारे) मा ह्विलचियरमा मतदान गर्न पुग्नुभएका मतदाता आलोक खतिवडा । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, फागुन २१ गते । आज भइरहेको मतदानमा दिउँसो १ बजेसम्ममा ४० प्रतिशत मत खसेको छ । मतदान स्थलमा बिहानभन्दा अहिले मतदाताको संख्या उल्लेखनीय पाइएको इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।

“बिहानभन्दा अहिले मतदाताको संख्या बढेको छ । जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ,” प्रजिअ ढकालले भन्नुभयो, “अहिलेसम्म ४० प्रतिशतभन्दा बढी मत खसिसकेको छ ।”