• २१ फागुन २०८२, बिहिबार

धनकुटामा २३ प्रतिशत मत खस्यो

blog

मतदान गर्दै मतदाता

कोकिला भण्डारी 

धनकुटा, फागुन २१ गते । धनकुटामा १ बजे सम्ममा २३ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार १ बजेसम्ममा २७ हजार ५२८ मत धनकुटामा खसेको छ ।

जसमा पुरुष १४ हजार ७६७ र महिला १२ हजार ८३१ मतदाताले मतदान गरेका छन् । जिल्लाका कुल एक लाख १८ हजार ४२५ मतदाता मध्ये उक्त मतदाताले मतदान गरेका हुन । 

अघिल्ला निर्वाचनको तुलनामा अहिलेसम्म कम मत खसेको जिल्ला निर्वाचन कार्यलय धनकुटाको सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो।

जिल्लाका ११९ मतदान स्थलका १६६ केन्द्रमा बिहान सात बजे देखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् ।सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।