• २१ फागुन २०८२, बिहिबार

एमाले उम्मेदवार सुहाङद्वारा मतदान

blog

इलाम–२ का एमाले उम्मेदवार सुुहाङ नेम्वाङ महेन्द्र रत्न बहुुमुखी क्याम्पसको ग केन्द्रमा मत खसाल्दै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल
इलाम, फागुन २१ गते ।
नेकपा एमाले इलाम–२ का उम्मेदवारसुहाङ नेम्वाङले इलाम सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गर्नुभएको छ । नेम्वाङले बिहीबार बिहान मतदान गर्नुभएको हो ।

२०८१ को उप–निर्वाचनमा इलाम–२ बाटै निर्वाचित हुनुभएका नेम्वाङ यसपटकको निर्वाचनमा पनि इलाम –२ बाटै उम्मेदवार हुनुभएको छ । मतदानपछि नेम्वाङले इलामका लागि शिक्षा, स्वास्थ्य रोजगारीनै अपरिहार्य रहेको र त्यसलाई जोड्न अधुरा रहेका सडक पूर्वाधारका कामहरु पूरा गर्न  आवश्यक रहेको बताउनुभयो ।