छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
छठ पर्वले सामाजिक एकतालाई बलियो बनाउन सकोस् : सभामुख
सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय एकता मजबुत बनाउन छठ पर्वको विशिष्ट भूमिका छ: सभाध्यक्ष दाहाल
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपसभामुख रानाद्वारा छठ पर्वको शुभकामना
उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
छठ पर्व सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।
छठ पर्वले सुसंस्कृत समाज निर्माणमा प्रेरणा प्रदान गरोस्: उपाध्यक्ष घिमिरे
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
अदालतको आदेशले गर्ने छ पदको निर्क्योल
सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेसँगै गण्डकी प्रदेश सभा सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरुङको पदीय हैसियतबारे बहस सुरु भएको छ ।
राष्ट्रपतिमा ट्रम्प : विश्व सम्बन्धमा नयाँपन आउन सक्छ
अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड जे ट्रम्पको पुनरागमनले विश्व शक्तिहरूको सम्बन्धमा परिवर्तन ल्याउने सम्भावना बढेको छ ।
सहमति र सहकार्यबाट स्थानीय विकासः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सद्भाव, सहमति र सहकार्यबाट मात्र स्थानीय विकास हुने बताउनुभएको छ ।
मन्त्रालयले एनआरएनएमा हस्तक्षेप गर्दैन : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणाले गैरआवासीय नेपाली संघमा देखा परेको सबैखाले समस्याको हल कानून बमोजिम नै खोज्ने बताउनु भएको छ ।
कांग्रेसद्वारा उपनिर्वाचनका लागि जिम्मेवारी निर्धारण
नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ ।
दुई दलीय संयन्त्रको नेतृत्व कांग्रेस र एमालेले आलोपालो गर्ने
सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले)ले बनाएको संयन्त्रको नेतृत्व दुई दलले आलोपालो गर्ने भएका छन्।
सेवाग्राहीमैत्री काममा केन्द्रित हुन शिक्षामन्त्री भट्टराईको आग्रह
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सेवाग्राही कार्यालयको काम सेवाग्राहीमैत्री बनाउनेतर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ।
राष्ट्रपति पौडेलद्वारा ट्रम्पलाई बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।
राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसको गठबन्धन : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसको गठबन्धन गर्नुपरेको बताउनुभएको छ।
शनिबार एमालेको सचिवालय बैठक बस्ने
सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले आउने शनिबार सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको छ ।
धनप्रसाद पण्डित इजरायलका लागि राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. धनप्रसाद पण्डितलाई इजरायलका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ ।
आगामी चुनावसम्म नै कांग्रेस–एमालेको सहकार्य : नेता श्रेष्ठ
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले देशको स्थिरताका लागि कांग्रेस–एमाले एक ठाउँमा उभिएको बताउनुभएको छ ।
कोशीका कानुन मन्त्री अधिकारीद्वारा राजीनामा
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले पदबाट बुधबार राजीनामा दिनुभएको छ ।
अमेरिकी राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि जित्दै ट्रम्प
अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प जित निकट पुग्नुभएको छ ।
राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जानहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन ९कोप–२९० मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जान लाग्नुभएको छ ।
एमाले सचिवालय बैठक बोलाइयो
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह उपनिर्वाचन केन्द्रित निर्णय गर्न सचिवालय बैठक बोलाएको छ ।
उम्मेदवार छनोट गर्दै दलहरू
प्रमुख राजनीतिक दलले स्थानीय तहको मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न थालेका छन् ।