• २१ फागुन २०८२, बिहिबार

बागलुङ कारागारको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न

blog

नवराज नेपाली

बागलुङ (गलकोट) फागुन २१ गते । बागलुङ कारागारमा मतदना सम्पन्न भएको छ । ५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा ५३ मत खसेको हो। 

५३ कैदीबन्दी र दुई कर्मचारी गरी जम्मा ५५ मतदाता रहेको जिल्ला कारागार बागलुङमा ५३ मत खसेको छ । समानुपातिक प्रणालीको मात्रै मतदान हुने केन्द्रमा ९६।३६ मत खसेको मतदान अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । 

बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीमध्ये एक जना स्थानान्तरण र एक जना कैदमुक्त भइसकेकाले ५१ जना कैदीबन्दी र दुई कर्मचारीले मतदान गरेका छन्।