• २१ फागुन २०८२, बिहिबार

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

blog

सिड्नी, फागुन २१ गते । अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकसस्मिक योजनाको रूपमा मध्य पूर्वमा दुइ वटा सैन्य विमान तैनाथ गरी नागरिक उद्वारमा तल्लिन रहेको अधिकारीहरुलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिका-इजरायली आक्रमणपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्कियपछि यस हप्ता विभिन्न देशले मध्यपूर्वबाट आफ्ना नागरिकको सुरक्षित निस्कासनमा हतार गरिरहेका छन् । अस्ट्रेलियाले आफ्ना नागरिकको सुरक्षित निस्कासनको योजना अनुरूप मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविदा प्रवाह गरेको अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजलेसमेत बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गर्नु भएको छ । उहाँले अस्ट्रेलियालीलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीलाई धन्यवाद दिनु भएको छ ।

यस अघि बुधवार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउँदै अस्ट्रेलियाले यस क्षेत्रमा एक लाख १५ हजार नागरिक रहेको बताएको छ । न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकको सुरक्षित निस्कासनका लागि बिहीबार मध्यपूर्वमा दुई वटा सैन्य विमान तैनाथीकोे आदेश दिएको छ । रासस/एएफपी