• २१ फागुन २०८२, बिहिबार

कैलालीमा ३२ प्रतिशत मत खस्यो

blog

मतदान केन्द्रमा मतदान गर्दै उम्मेदवार ।

अविनाश चौधरी

धनगढी, फागुन २१ गते । कैलालीमा मतदान सुरु भएको ६ घण्टामा एक लाख ७५ हजार ७३५ मत खसेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म सो सङ्ख्यामा मत खसेको हो ।

हालसम्म कुल मत सङ्ख्याको ३१.८९ प्रतिशत मत खसेको जनाइएको छ । क्षेत्र नम्बर १ मा ३२ हजार ३०४, क्षेत्र नम्बर २ मा ३३ हजार ३७२, क्षेत्र नम्बर ३ मा ३३ हजार ८९१ मत खसेको छ । यसैगरी, क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी ६६ हजार ८९७ मत र क्षेत्र नम्बर ५ मा ४१ हजार ५७५ मत खसेको छ । 

कैलालीको पाँचवटै निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा शान्ति पूर्वक मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिनुभयो । कैलालीमा जम्मा पाँच लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।