• २१ फागुन २०८२, बिहिबार

रुकुम कारागारमा मतदान सकियो

blog

मतदान गर्दै कैदीबन्दी ।

राजु लामिछाने

रुकुमपश्चिम, फागुन २१ गते । जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदीबन्दीले मतदान गरेका छन् ।

कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान अधिकृत खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

उहाँका अनुसार ७१ जना पुरुष र एक जना महिला गरी कुल ७२ जनाले मतदान गरेका हुन् ।कारागारमा रहेका मध्ये ७२ जनासँग मात्र मतदाता नामावली रहेको र सबैले मतदान गरेको उहाँले बताउनुभयो । उहाँहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाएका छन् । 

त्यसैगरी सुरक्षाकर्मी तथा कर्मचारीहरूका लागि मुसीकोट नगरपालिका एक खलङ्गाको बराहटाकुरामा अर्को अस्थायी मतदानमा मतदान जारी छ । 

यहाँ पनि कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिक तर्फ मतदान गरिरहेका छन् ।यहाँ दिउँसो साढे १ बजेसम्म ३५वटा मत खसेका छन् । मतदान अधिकृत नरेन्द्र ओलीका अनुसार यहाँ एक हजार १६ मतदाता रहेका छन् ।

जिल्लाका ७६ मतदान स्थलका १४० मतदान केन्द्रमा शान्तिपूर्वक मतदान भइरहेको छ ।