• २१ फागुन २०८२, बिहिबार

झापामा ४१ प्रतिशत मत खस्यो

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २१ गते । झापामा ४१ प्रतिशत मत खसेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो । 

हालसम्म दुई लाख ९२ हजार ८५८ जनाले मतदान गरेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

झापामा उत्साहजनक रूपमा मतदाता  मतदान केन्द्रमा आएका छन् । झापामा कुल सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जिल्लाभर २८५ मतदान स्थल र ८१५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।