• २१ फागुन २०८२, बिहिबार

रौतहटमा ६१ जना कैदीबन्दीले गरे मतदान

blog

कारागार कार्यालय गौर, रौतहट । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 

रौतहट, फागुन २१ गते । कारागार कार्यालय गौर, रौतहटमा मतदान सम्पन्न भएको छ ।कारागारमा रहेका २०८ कैदीबन्दी मध्ये ६३ जना मतदाता रहेका थिए ।

कारागारमा १९९ पुरुष र नौ  जना महिला रहेकोमा ६३ जना पुरुष मतदाता रहेका छन् । ६३ जना मतदातामध्ये दुई जना भर्खरै कैदमुक्‍त भएका कारण ६१ जनाले मतदान गरेको कारागार कार्यालय गौर, रौतहट अस्थायी मतदान केन्द्रका मतदान अधिकृत सावित्रा थापाले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगी गरि तीन कर्मचारी खटाइएकोमा उहाँले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

मतदान कर्मचारी बाहेक कारागार कार्यालयका कर्मचारी, निर्वाचन प्रहरी र नेपाली सेना गरी २२ जनाले  मतदान गर्नुभएको मतदान अधिकृत थापाले जानकारी दिनुभयो ।

सबै मत खसिसके पनि मतपेटिका सिल गर्ने कार्यक्रम पाँच बजे मात्रै हुने उहाँले बताउनुभयो ।