• २१ फागुन २०८२, बिहिबार

धनकुटामा २ बजेसम्म ३१ प्रतिशत मत खस्यो

blog

धनकुटा–२ स्थित मार्गेश्वरी मतदान केन्द्र । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे

धनकुटा, फागुन २१ गते । धनकुटामा दिउँसो २ बजेसम्म ३१ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार दिउँसो २ बजेसम्म ३६ हजार ८ सय ६ मत खसेको छ ।

जिल्लामा कुल १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । यो कुल मतदाता सङ्ख्याको ३१ प्रतिशत हो । १२ बजेसम्म निकै कम मत खसे पनि त्यसपछि मतदानको दर केही बढेको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाका एक सय १९ मतदान स्थलका १ सय ६६ केन्द्रमा बिहान सात बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो । मतदान केन्द्रमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी खटिएका छन् । सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।