शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशवराज भट्ट
वाशुलिङ बैतडी, फागुन २१ गते । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३० बजेसम्म कुल २८ हजार १४१ मत खसेको छ । जसमध्ये १४ हजार ३४१ पुरुष, १३ हजार ७९९ महिला तथा १ अन्य मतदाता रहेका छन् ।
जिल्लाभरका सबै मतदान केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रशासनले जनाएको छ । साँझ ५ बजेसम्म मतदान सञ्चालन हुने छ ।